Logo

नेप्सेमा दुई दिनमा ३४ अंकको पहिरो, सेयर खरिदबिक्री छाडेर अध्ययनमा लागे ठूला लगानीकर्ता

नेप्सेमा दुई दिनमा ३४ अंकको पहिरो, सेयर खरिदबिक्री छाडेर अध्ययनमा लागे ठूला लगानीकर्ता



काठमाडौं । लगातार ओरालो लागेको नेप्से परिसुचक दुई दिनमा ३४ अंकले घट्न पुगेको छ । आईतबार करिव १८ अंकले ओरालो लागेको नेप्से परिसुचक सोमबार १६ दशमलव १८ अंकले घट्न पुग्यो ।

laxmi

दुबै दिन नेप्से परिसुचकमा लगातार दोहोरो अंकको गिरावट आउँदा कारोबार रकम पनि सोही अनुरुप खस्किन पुगेको छ । दैनिकजसो दोहोरो अंकमा गिरावट आएको नेप्से परिसुचक र सोही अनुरुप कारोबार रकम खस्किदा लगानीकर्ताहरुको मनोवलमा समेत गिरावट आएको छ ।

बजारमा लगातार गिरावट आएसँगै ठूला लगानीकर्ताहरु समेत विचलित हुन पुगेका छन् । ठूला लगानीकर्ता तथा हाथवे इन्भेष्टमेन्टका प्रबन्ध निर्देशक अम्बिकाप्रसाद पौडेलले आईतबार बजारमा उच्च गिरावट आएसँगै आफ्नो फेसबुकमार्फत अब साच्चै नयाँ नयाँ किताबको खोजी गरी एकान्तमा गएर पढ्ने दिन आएकै हो ? भनी आफैसँग प्रश्न गरेका छन् ।

यसैगरी अर्का लगानीकर्ता बासुदेव गौतमले बजार ओरालो लाग्न सुरु गरेसँगै १४ सय पृष्ठको ‘वार एण्ड पिस’ नामका किताव पढ्न सुरु गरिसकेको बताएका छन् ।

दैनिकजसो बजारमा उच्च कारोबारमा संलग्न हुने लगानीकर्ताहरुले पछिल्लो समय विचलित हुँदै अन्यन्त्र ध्यानकेन्द्रित गर्न थालेपछि बजारमा झन ठूलो पहिरो जान थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । साथै कतिपय लगानीकर्ताहरु २०६० सालदेखि ०६३ सालको मन्दीको झल्को अहिलेको सेयर बजारले दिन थालेको भन्दै निरास बन्न पुगेका छन् ।

बजारलाई सामान्य रुपमा भरथेग गर्दै आएका साना लगानीकर्ताहरु चेपुवामा परेर बाहिरिसकेको अवस्थामा ठूला लगानीकर्ताको नैरश्यताका कारण बजार थप घट्न सक्ने एक लगानीकर्ताले बताए । ‘अहिले लगानीकर्तासँग न बजारमा थप लगानी गर्ने पैसा छ न त बैंकले थप पैसा दिन्छ,’ ती लगानीकर्ताले भने, ‘पछिल्लो समय मार्जिन कलका लागि बैंकबाट समेत फोन आउन थालेकाले अब बजार घट्नुको विकल्प छैन ।’

सोही अनुरुप सोमबार दोहोरो अंकले घटेको बजारमा व्यापार समुहको परिसुचक सामान्य बढ्दा अन्य सबै समुहका परिसुचक घट्न पुगेका थिए । जसमध्ये सबैभन्दा बढि जीवन बीमा समुह १ सय ३१ अंकले घट्दा निर्जिवन बीमा समुहको परिसुचकमा ७७ अंकको गिरावट आएको छ ।

यस्तै केही समय अघिसम्म उकालो लागेको उत्पादनमुलक समुहको परिसुचकमा पनि ३० अंकको गिरावट आएको छ भने बजारमा सबैभन्दा बढि प्रभुत्व जमाएको बैंकिङ समुहको परिसुचक १३ अंकले घट्न पुगेको छ । सोमबार कुनै पनि कम्पनीका सेयर कारोबार २ करोड रुपैयाँ पुग्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
MBL