Logo

नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न, १ सय एजेन्ट र एजेन्सी पुरस्कृत

नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न, १ सय एजेन्ट र एजेन्सी पुरस्कृत



काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले उत्कृष्ट १ सय एजेन्ट र एजेन्सीलाई नगद सहित सम्मान गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न गर्दै ५० एजेन्स र ५० एजेन्सी म्यानेरलाई नगद सहित सम्मान गरेको हो ।

नेपालको जीवन बीमा क्षेत्रमा विगत १९ वर्षदेखि सेवारत नेपाल लाईफ इन्स्योरेन्सले पोखरामा ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स एण्ड एजेन्सी फ्यालिसिटेशन प्रोग्राम २०७६’ सम्पन्न गरेको छ । यही भदौ २१ देखि २४ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रम एजेन्ट, एजेन्सी म्यानेजर, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्ति तथा कर्मचारीलाई नगद सहित सम्मान गरेको थियो ।

सो कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले गरेका थिए । कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने आफ्ना कर्मचारीहरूलाई समेत सम्मान गरेको थियो ।
कार्यक्रममा एजेन्सी म्यानेजरतर्फको ‘एजेन्सी म्यानेजर अफ इयर’ अवार्डका लागि पहिलो हुने बिर्तामोड शाखाकी निर्मला खत्रीले ३ लाख ३३ हजार नगदसहित सम्मान–पत्र, दोस्रो हुने नयाँ बानेश्वर शाखाकी दुर्गाकुमारी खत्रीले १ लाख ८० हजार नगदसहित सम्मान–पत्र र तेस्रो हुने बिर्तामोड शाखाकै वेदनारायण गोदारले १ लाख नगदसहित सम्मान–पत्र सहित सम्मान गरिएको थियो ।

त्यस्तै, एजेन्टतर्फको ‘एजेन्ट अफ द इयर’ अवार्डका लागि पहिलो हुने नयाँ बानेश्वर शाखाका अच्युत पौडेलले ३ लाख ३३ हजार नगदसहित सम्मान–पत्र, दोस्रो हुने बिर्तामोड शाखाकी प्रमिला बस्नेतले १ लाख ८० हजार नगदसहित सम्मान–पत्र र तेस्रो हुने बूढानीलकण्ठ शाखाका नैनबहादुर खत्रीले १ लाख नगदसहित सम्मान–पत्र हात पार्न सफल भएका छन् ।

कर्मचारीतर्फको ‘वेष्ट पर्फमेन्स अफ द इयर’ अवार्ड विर्तामोड शाखाका अमेन्द्र कुमार कर्ण र ‘वेस्ट रिजनल म्यानेजर अफ द इयर’ अवार्ड पूर्वाञ्चल क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक टीकादत्त प्याकुरेललाई प्रदान गरिएको छ ।

नेपालको जीवन बीमा बजारको लगभग ३२ प्रतिशतभन्दा बढी बजारहिस्सा ओगटेको यस कम्पनीले आफ्ना कर्मचारी तथा एजेन्टहरूलाई प्रोत्साहन गर्न हरेक वर्ष यस्ता सम्मान तथा उत्प्रेरण मूलक कार्यक्रमहरु गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए ।

पालको इन्स्योरेन्स क्षेत्र विस्तारकै क्रममा रहेकाले आगामी दिनमा देशैभरी जीवन बीमाको सहज पहुँच पुर्याउन कम्पनीले शाखा विस्तारको रणनीति लिएको झाले जानकारी दिए ।

हाल कम्पनीको चुक्तापूँजी जीवन बीमाक्षेत्रकै सर्वाधिक ५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने लगानी ७२ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ६७ अर्ब रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL