Logo

कोरोना विरुद्ध प्रभावकारी मानिएको हाईड्रोक्सिक्लोरोक्विन परीक्षणमा डब्लुएचओले लगायो प्रतिबन्ध, यस्तो छ कारण !

कोरोना विरुद्ध प्रभावकारी मानिएको हाईड्रोक्सिक्लोरोक्विन परीक्षणमा डब्लुएचओले लगायो प्रतिबन्ध, यस्तो छ कारण !



काठमाडौं । कोरोनाको उपचारका लागि लाभदायी मानिएको हाइड्रोक्सीक्लोरिक्विनको परिक्षणमा अस्थायी रुपमा प्रतिबन्ध लगाईएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यसले कोरोनाको बिरामीमा राम्रो भन्दा धेरै नराम्रो असर पार्ने देखिएपछि यसको परिक्षणमा अस्थायी बन्देज लगाएको हो ।

गत शुक्रबार ल्यानसेन्ट नामक मेडिकल जर्नलमा अन्य कोरोना भाईरस बिरामीको तुलनामा हाईड्रोक्सिक्लोरोक्विन सेवन गर्ने धेरै बिरामीको मृत्यु भएको उल्लेख गरिएको थियो । डब्लुएचओले ट्रायलको रुपमा विभिन्न १७ देशका ३ हजार ५ सय कोरोना भाईरस संक्रमितमा यसको परिक्षण गरिरहेको थियो । डब्लुएचओले कोरोनाको नयाँ खोजका लािग उक्त परिक्षण गरेको थियो । उक्त औषधि सामान्य मलेरियाको औषधि हो । जसले कोरोना विरुद्ध प्रभावकारी प्रतिक्रिया नदेखाएपछि उक्त परिक्षण होल्ड गरिएको हो ।

सोमबार डब्लुएचओका महानिर्देशक ट्ड्रोस अधनोम घब्रेससले हालसम्म गरिएको परिक्षणको डाटा, निको भएको डाटा तथा निको नभएको डाटा एकत्रित गरेर अझै गहन अध्ययन गर्ने बताएका छन् ।

यस्तै डब्लुएचओका बैज्ञानिक सौम्या स्वामीनाथनले ल्यानसेन्ट जर्नलमा प्रकाशित लेखको विषयमा पनि अनुसन्धान गर्ने बताएका छन् । उनका अनुसार हालसम्म डब्लुएचओको अध्ययनमा हाईड्रोक्सिक्लोरोक्विन मानव शरिरमा नकारात्मक असर पारेको नपाईएपनि जर्नलमा प्रकाशित उक्त लेखले भने धेरै प्रश्न खडा गरेको छ । जसका कारण धेरै बैज्ञानिक मिलेर यसमा अध्ययनको जरुरी भएको उनको भनाई छ ।

अमेरिकी राष्ट्पतिले पनि कोरोना भाईरसको महामारीका बेला सबैले हाईड्रोक्सिक्लोरोक्विन प्रयोगमा जोड दिने बताईरहेका छन् । उनले आफुले पनि यसको प्रयोग गरिरहेको बताउँदै आएका छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL