Logo

नागढुङ्गा नौबिसे सुरूङमार्गको मुआब्जा टुङ्गो लाग्यो, गुठीको जग्गालाई मूल्यको ५० प्रतिशतमात्र क्षतिपूर्ति

नागढुङ्गा नौबिसे सुरूङमार्गको मुआब्जा टुङ्गो लाग्यो, गुठीको जग्गालाई मूल्यको ५० प्रतिशतमात्र क्षतिपूर्ति



काठमाडौं । सरकारले नागढुँगा नौविसे सुरुङमार्गमा पर्ने जग्गाको मुआब्जाको टुंगो लगाएको छ । असार २ गते बसेको मन्त्रिपरिषद बैठकले उक्त क्षेत्रमा पर्ने गुठी जग्गाको मूल्यको ५० प्रतिशत क्षतिपुर्ति दिने निर्णय गरेको हो ।

laxmi

मन्त्रिपरिषदका पछिल्ला निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले गुठीका मोहीहरुलाई क्षतिपुर्तिवापत ५० प्रतिशत रकम दिने बताएका हुन ।

उनले जग्गाधनी नभएपछि भोगचलन गरिरहेकाले मुआब्जा नभई मूल्यको ५० प्रतिशत क्षतिपुर्ति दिन लागिएको हो । सुङमार्गको शिलान्यास १ बर्षअघि नै भएपनि हालसम्म उक्त क्षेत्रको मुआब्जाको भने टुंगो लागेको थिएन ।

उक्त जग्गाको मुआब्जाको टुंगो नलागेसँगै सुरुङमार्ग बनाउन समेत अप्ठ्यारो भएको थियो । यस्तै उक्त जग्गाको मुआब्जा निर्धाण गर्न नसकेपछि आयोजनाले उक्त प्रस्ताव मन्त्रिपरिषदमा निर्णयका लागि पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL