Logo

कोरोनाले मूल्यवृद्धि सिमाभन्दा बाहिर, खाद्यान्नको मूल्यवृद्धि १० प्रतिशत नजिक

कोरोनाले मूल्यवृद्धि सिमाभन्दा बाहिर, खाद्यान्नको मूल्यवृद्धि १० प्रतिशत नजिक



काठमाडौं । विश्वभर महामारी फैलिएसँगै यसको असर नेपाली अर्थतन्त्रमा पनि परेको छ । यसले अर्थतन्त्रमा पारेको असरसँगै विश्वको व्यापार चेन ध्वस्त भएको छ । जसको फलस्वरुप नेपालमा आयात हुने विभिन्न मालबस्तुहरुमा कमी आएको छ । यसैका कारण नेपालमा उपलब्ध हुने बस्तुको महंगी पनि सोहीअनुसार वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक बर्षको चैतसम्मको तथ्यांक अनुसार नेपालमा मूल्यवृद्धि ६ दशमलव ७४ प्रतिशतले बढेको छ । जुन सरकारको प्रक्षेपित मूल्यवृद्धि भन्दा बढी हो ।

राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा ४ दशमलव ४४ प्रतिशतले वृद्धि भएको मूल्य वृद्धि चालु आवमा भने २ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो । राष्ट्र बैंकका अनुसार चालु आवको चैतसम्म खाद्य तथा पेय पदार्थ समुहको मूल्यवृद्धि मात्रै ९ दशमलव ६८ प्रतिशत रहेको छ भने, गैरखाद्य समुहको मूल्यवृद्धि भने ४ दशमलव ४८ प्रतिशतले बढेको छ ।

पछिल्लो समय खाद्य बस्तु अन्तर्गत तरकारी फलफुल मसला, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च रहेको छ । गैरखाद्य अन्तरर्गत शिक्षा, स्वास्थ्य, लुगा जुत्तालगायतको मूल्य पनि सोही अनुसार बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL