Logo

एलपी ग्याँस र बाह्य तर्फको हवाई ईन्धनको मूल्य घट्यो, ग्याँसको मुल्य प्रतिसिलिण्डर १३५० पुग्यो

एलपी ग्याँस र बाह्य तर्फको हवाई ईन्धनको मूल्य घट्यो, ग्याँसको मुल्य प्रतिसिलिण्डर १३५० पुग्यो



काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (वाह्य उडानतर्फ)को मूल्य घटाएको छ । निगमले शुक्रबार एक सुचना जारी गर्दै ग्याँसको प्रतिसिलिण्डर २५ रुपैयाँले मूल्य घटाएको जानकारी दिएको हो ।

निगमले ग्याँसको मूल्य २५ रुपैयाँ घटाएसँगै अब उपत्यकामा उपभोक्ताले ग्याँस प्रतिसिलिण्डर १ हजार ३ सय ५० रुपैयाँमा पाउने भएका छन । त्यस्तै निगमले बाह्य हवाई उडानतर्फ इन्धनको मूल्य प्रतिकिलोलिटर ५० डलरले घटाएको छ । अब हवाई इन्धन (वाह्य)तर्फ प्रतिकिलोलिटर १ हजार डलर पर्नेछ ।

निगमले यसअघि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL