Logo

ग्याँस उद्योगीलाई निगमका महानिर्देशकको चेतावनी, उद्योगीको ज्यादती रोक्न सरकारले ग्याँस उद्योग खोल्न लागेको हो

ग्याँस उद्योगीलाई निगमका महानिर्देशकको चेतावनी, उद्योगीको ज्यादती रोक्न सरकारले ग्याँस उद्योग खोल्न लागेको हो




काठमाडौं । नेपाल आयल निगमले ग्याँस उद्योगीको खराव आचरणकै कारण सरकारले ग्याँस उद्योग खोल्न बाध्य भएको बताएको छ । नेपाल ग्याँस उद्योग संघको २४ औं बार्षिक साधारणसभामा बोल्दै निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले ग्याँस जस्तो अत्यावश्यक बस्तुमा बन्द हड्ताल गरेका कारण सरकारले ग्याँस उद्योग खोल्न लागेको जानकारी दिए । ‘ग्याँस भनेको अहिलेको अत्यावश्यक बस्तु हो जुन कुरा नभई नागरिकको भान्सा चल्दैन,’ उनले भने, ‘त्यस्तो विषयमा आन्दोलन नगर्नुस सरकारले वार्ताबाट समस्या समाधान गर्छ १ दिनको समय दिनुभन्दा उद्योगीहरुले त्यस्तो वास्ता नगरी आन्दोलनका कार्यक्रम घोषणा गरे ।’ आगामी दिनमा यस क्षेत्रमा व्यवसायीको ज्यादती नहोस भन्ने उद्देश्यले सरकारले ग्याँस उद्योग संचालनमा ल्याउन लागेको उनले स्पष्ट पारे ।

आफु सरकारको म्याण्डेट अनुसार निगमको प्रबन्ध निर्देशक भएर आएको बताउँदै सोही अनुरुप जसरी पनि काम गरिछाड्ने उनको तर्क थियो । ‘सरकारले देशको कुल खपतको १० प्रतिशत माग धान्नेगरी ग्याँस उद्योग खोल्ने भनेको छ सोही अनुरुप निगमले काम अघि बढाएको छ,’ उनले भने, ‘ग्याँस उद्योगीले पटक पटक बन्द हड्ताल गरेका कारण बाध्यताबस निगमले आफ्नै ग्याँस उद्योग खोल्न लागेको हो त्यसबाट पछि हट्ने छैन ।’ सरकारलाई अप्ठ्यारो पर्दा सहयोग गर्नकै लागि भएपनि निगमले ग्याँस उद्योग संचालन गर्ने उनको भनाई थियो ।

उनका अनुसार निगमले सो क्षमता बराबरको ग्याँस भण्डारण तथा बोटलिङ प्लाण्ट संचालनमा ल्याउने । हाल ग्याँस उद्योगीहरुले इनर्जी सेक्युरीटीमा ध्यान नदिएको भन्दै त्यस विषयमा समेत निगम अघि बढेको उनको भनाई थियो ।

पछिल्लो समय ग्याँस उद्योग बिक्री गरिसकेका उद्योगीले पनि सोही नाममा शाखा खोल्नका लागि निवेदन दिने गरेको जानकारी दिँदै आगामी दिनमा त्यसो नगर्न उनको चेतावनी थियो । ‘मलाई गलत काम गरेर रातो घर (अख्तियार दुरुपयोग अनुसन्धान आयोग) जानु छैन,’ उनले भने, ‘तसर्थ त्यस्ता गलत काम गर्न प्रोत्साह नगर्नुस ।’ साथै उनले सरकारलाई गाली गर्नुभन्दा पहिला व्यवसायीलाई ऐनामा आफ्नो अनुहार हेर्न समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL