Logo

ज्योति विकास बैंक र राशी अटोमाबाईलबीच सम्झौता, निर्माण सामग्रीको खरिदमा सहज कर्जा

ज्योति विकास बैंक र राशी अटोमाबाईलबीच सम्झौता, निर्माण सामग्रीको खरिदमा सहज कर्जा



काठमाडौं । ज्योति विकास बैंक र राशी अटोमोबाईल्सबीच एक सम्झौता भएको छ । मंगलबार उक्त बैंक र कम्पनीबीच सहज कर्जा उपलब्ध गराउने उद्देष्यले उक्त सम्झौता भएको हो ।

सम्झौता अनुसार राशी अटोमाबाईल्सको सिफारिस प्राप्त ग्राहकहरुले न्यु होलण्ड ब्राण्डका निर्माण उपकरणको लागि ज्योति विकास बैंकमार्फत सहज रुपमा कर्जा प्राप्त गर्नेछन ।

उक्त सम्झौतपत्रमा ज्योति विकास बैंकका नायव महाप्रबन्धक सुशील कुमार शर्मा तथा राशी अटोमोबाईल्सका अध्यक्ष अर्जुन रानाभाटले हस्ताक्षर गरेका हुन । बैंकका देशभरका १ सय २ ओटै शाखाबाट होलण्ड ब्राण्डका निर्माण उपकरण किन्दा सजिलै कर्जा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL