Logo

नेपाल ३ महिना भित्र इयूको कालो सुचीबाट हट्ने, यूरोपेली आकाशमा उड्ला नेपाली जहाज ?

नेपाल ३ महिना भित्र इयूको कालो सुचीबाट हट्ने, यूरोपेली आकाशमा उड्ला नेपाली जहाज ?



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले अबको ३ महिना भित्रै नेपाली उड्यन क्षेत्र युरोपीयन कमिसनको कालो सूचीबाट हट्ने बताएका छन् । ‘नेपाललाई अहिले अन्तरराष्ट्रिय उड्ययन नियमक निकाय आइकाओको गम्भीर सुरक्षा चासोको सूचीबाट हटिसकेको छ,’ संसदमा अन्य सांसदहरुलाई जानकारी गराउँदै उनले भने, ‘अब इयूले पनि छिट्टै हटाउनेमा म विश्वस्थ छु ।’

मन्त्री अधिकारीले संसदमा नेपालले आइकाओको उडान सुरक्षामापदण्ड पूरा गरेको प्रमाणपत्र प्राप्त गरेको जानकारी दिँदै अबको ३ महिन भित्र इयुको कालोसूचीबाट पनि हट्न दावी गरेका हुन् ।

युरोपियन कमिसनले नेपाललाई सन् २०१३ को डिसेम्बर देखि नै कालो सूचीमा राख्दै आएको छ भने आईकाओले सन् २०१३ को जुलाईदेखि गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो । तर, आईकाओले भने गत बर्षबाटै नेपाललाई उक्त सूचीबाट हटाएको थियो ।

अघिल्लो हप्ता मात्रै मन्त्री अधिकारीले क्यानडा पुगेर गम्भीर सुरक्षा चासोबाट हटाइएको प्रमाणपत्र ‘आईकाओ सेफ्टी स्ट्याण्डट सर्टिफिकेट’ लिएका थिए । साथै नेपालले सुरक्षा मापदण्ड पूरा गरेकाले अन्तराष्ट्रिय नागरिक उड्डन आइकाओ काउन्सिल प्रेसिडेन्ट अवार्ड समेत प्राप्त गरिसकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL