Logo

विदेशी पर्यटकले नेपालमा गर्ने खर्चमा वृद्धि, ९ महिनामा भित्र्यायो पौने ५६ अर्ब

विदेशी पर्यटकले नेपालमा गर्ने खर्चमा वृद्धि, ९ महिनामा भित्र्यायो पौने ५६ अर्ब



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ९ महिनामा विदेशी पर्यटकले गर्ने खर्चमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार विदेशी पर्यटकले चालु आवको पहिलो ९ महिनामा ५५ अर्ब ७५ करोड रुपैयाँ खर्च गरेका छन ।

गत बर्षको सोही अवधिमा भने विदेशी पर्यटकले नेपालमा ५५ अर्ब ४३ करोड रुपैयाँ मात्रै खर्च गरेको थियो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार विदेशी पर्यटकले नेपालमा गर्ने खर्चमा गतबर्षको तुलनामा यस बर्ष ३२ करोड रुपैयाँले वृद्धि भएको छ ।

त्यस्तै नेपालीले बिदेशमा गएर गर्ने खर्चमा भने २६ प्रतिशतले घटेर ५० अर्ब २१ करोड रुपैयाँमा सिमित भएको छ । गत बर्षको सोही अवधिमा भने नेपालीले विदेशमा गएर ६८ अर्ब २६ करोड रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै गतबर्ष सोही अवधिमा ११ लाख ९७ हजार १ सय ९१ जना पर्यटक भित्रिएको थियो भने चालु आवको ९ महिनाको अवधिमा २ लाख १५ हजार १२४ जना पर्यटक मात्रै नेपाल भित्रिएका छन । राष्ट्र बैंकको तथ्याङ्क अनुसार जनवरीमा ७९ हजार ६८६, फेब्रुअरिमा १ लाख १ हजार ४ सय, मार्चमा ३४ हजार २५ जना र अप्रिलमा १३ जना पर्यटक मात्रै नेपाल भित्रिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL