Logo

यातायाता र पर्यटन उद्योगलाई राष्ट्र बैंकको राहत, किस्ता र ब्याज नतिरेपनि नयाँ ऋण पाईने

यातायाता र पर्यटन उद्योगलाई राष्ट्र बैंकको राहत, किस्ता र ब्याज नतिरेपनि नयाँ ऋण पाईने



काठमाडौं । नेपाल राष्ट्र बैंकले पर्यटन र यातायात उद्योगलाई नियमित रुपमा कर्जाको किस्ता र ब्याज नतिरेपनि नयाँ ऋण दिन बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेको छ ।

विश्वभर फैलिएको कोरानो भाइरसका कारया यातायात क्षेत्र र पर्यटन उद्योगका प्रत्यक्ष असर परेको भन्दै पुस मसान्तसम्म कर्जाको किस्ता र ब्याज बुझाएको आधारमा चैत मसान्तमा नतिरेपनि नयाँ कर्जा दिनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेको हो ।

उनीहरुको आवश्यता अनुसार ५ कार्यदिनभित्र कर्जा उपलब्ध गराउन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ । साथै त्यस्तो कर्जाको सेवा शुल्क शुन्य दशमलव २५ प्रतिशतभन्दा बढी लिन पाईने छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL