Logo

नगरकोटका सबै होटल क्वारेन्टाइन बनाईने, स्थलगत अध्यनका लागि पुगे पर्यटनमन्त्री

नगरकोटका सबै होटल क्वारेन्टाइन बनाईने, स्थलगत अध्यनका लागि पुगे पर्यटनमन्त्री



काठमाडौं । पर्यटकीय क्षेत्र नगरकोटमा रहेका सबै होटलका कोठा क्वारेन्टिनका सरकारलाई दिन होटल व्यवसायीहरु तयार भएका छन् । सञ्चालकहरूले सरकारले चाहे आफ्ना होटलका कोठा क्वारेन्टिन बनाउने सक्नृ बताएका हुन् ।

laxmi

होटल व्यवसायीले यस्तो प्रस्ताव गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई अवस्था बुझ्न बुधबार बिहान नगरकोट पुगेका छन्।

कति होटलका कति कोठा क्वारेन्टिन बनाउन सकिन्छ भनेर बुझ्न मन्त्रीसहितको टोलीले अहिले नगरकोटमा अवलोलन गरिरहेको छ । चाँगुनारायण नगरपालिकाका अनुसार झन्डे १ हजार कोठालाई क्वारेन्टिन बनाउने गरी तयारी भइरहेको छ।

कोरोना भाइरसको संक्रमण नदेखिएका तर संक्रमित व्यक्तिसँग सम्पर्क भएकाहरूलाई लक्षणहरू देखिन्छन् कि देखिदैनन् भनेर हेर्न सामान्यत १४ दिनसम्म क्वारेन्टिनमा बस्न पर्छ। सरकारले भक्तपुरमा क्वारेन्टिन बनाएको छ भने नेपाली सेनाले पनि देशभरि विभिन्न ठाउँमा क्वारेन्टिन बेड तयार पारेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL