Logo

कोरोना भाइरसको प्रभाव वायुसेवा निगमको बोईङ ७५७ विक्रिमा, सम्झौता अनिश्चित

कोरोना भाइरसको प्रभाव वायुसेवा निगमको बोईङ ७५७ विक्रिमा, सम्झौता अनिश्चित



काठमाडौं । कोरोना भाइरसको प्रभाव पछिल्लो समय सबै क्षेत्रमा गम्भीर रुपमा परेको छ । कोरोनाकै कारण अन्तरराष्ट्रिय उडान बन्द भएको नेपाल वायुसेवा निगमको बोईङ ७५७ बिक्री पनि पछि सरेको छ । निगमले यस अघिनै उक्त जहाज बिक्रीको लागि अमेरिकन कम्पनीलाई दिने बताए पनि सम्झौता नभएका कारण बिक्री गर्न सकेको थिएन ।

laxmi

निगमले उक्त जहाज बिक्री गर्न यसैहप्ता सम्झौताको लागि अमेरिकन टोली आउने बताए पनि कोरोना भाईरसका कारण नेपाल पुरै लकडाउन भए पछि सम्झौता केही पछिमात्रै हुने जानकारी दिएको छ ।

निगमले बोईङ ७५७ जहाज बिक्री गर्न इच्छुक कम्पनीसँग गत कार्तिकदेखिनै बार्ता थालेको भए पनि कुनै कम्पनीले खरिद गर्न ईच्छा नदेखाए पछि अन्यमा अमेरिकन टोलिले जहाज खरिद गर्ने बताएको थियो । तर लामोसमय बितेपनि उक्त टोलीसमेत सम्झौताको लागि भने अझै तयार नभएको निगम श्रोतले जानकारी दिएको छ ।

तर निगमका प्रवक्ता अर्चना खडकाले भने कोरोनाको कारणले मात्रै ढिला भएको बताएकी छिन । उनले भनिन, ‘काम कारवाहीमा केही ढिलाई भएको हो, तर उनीहरु आउने तयारीमा रहेको थियो यसैबीच कोरोनाले अन्तरराष्ट्रिय उडान बन्द भएसँगै उनीहरु पनि आउन नसकेको हो ।’

उक्त जहाज बिक्रीका लािग निगमले दुईपटकसम्म टेण्डर आह्वान गरेको थियो । दुई पटकको टेण्डरमा समेत कुनै पनि कम्पनीले चासो नदेखाएपछि निगमले इच्छुक कम्पनीसँग वार्ता गरि अमेरिकन कम्पनीलाई उक्त जहाज बिक्री गर्न लागेको हो ।

तर उक्त जहाज के कतिमा बिक्री गर्नलागेको हो भन्ने विषयमा भने निगमले कुनै जानकारी दिएको छैन । यसअघि उक्त जहाजको मूल्य ७६ करोड रुपैयाँ मूल्याङ्कन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL