Logo

सगरमाथा राष्ट्रिय निकुञ्जमा नियम विपरीत हेलिकप्टर उडान, बन्य जन्तुमा असर

सगरमाथा राष्ट्रिय निकुञ्जमा नियम विपरीत हेलिकप्टर उडान, बन्य जन्तुमा असर



काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियम विपरीत हेलिकप्टर उडान तथा अवरतण हुने गरेको छ । निश्चित स्थान तथा क्षेत्रमा उडान तथा अवतरण हुनुपर्ने भए पनि पर्यटक उद्धारको नाममा मनोमानी हेलिकप्टरले उडान भर्ने गरेको खुम्बुवासीले गुनासो गरेका छन् । यसले गर्दा यस क्षेत्रका पशुपक्षीलगायत होटल व्यवसायमा समेत प्रत्यक्ष असर परिरहेको नाम्चेका लामाकाजी शेर्पाले बताए ।

पछिल्लो समयमा निकुञ्ज क्षेत्रमा हुने गरेको अवैधानिक हेलिकप्टर उडानले संरक्षित जन्तुको जीवन चक्रमा गम्भीर असर पर्ने भन्दै विज्ञले समेत चिन्ता व्यक्त गरेका छन । तर हेलिकप्टर कम्पनीले भने नियमको धज्जी उडाउँदै आफूखुशी उडान भर्दै आएको निकुञ्जका प्रमुख भूमिराज उपाध्यायले जानकारी दिएका छन ।

सिजनको समयमा दैनिक १९० भन्दा बढी पटक हेलिकप्टर उडान तथा अवतरण हुने गरेको लुक्ला विमानस्थलको तथ्याङ्क छ । तर लुक्लाभन्दा माथिको फाक्दिङ, नाम्चे, होटल एभरेस्ट, दिंबुचे, फेरिचे, गोरक्सेप, आधार शिविरलगायत क्षेत्रमा अवतरण भएको कुनै पनि तथ्याङ्क छैन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL