Logo

जथाभावी जलविद्युत निर्माणले नेपाली पर्यटनको प्रमुख आकर्षण र्याफ्टिङ व्यवसाय संकटमा

जथाभावी जलविद्युत निर्माणले नेपाली पर्यटनको प्रमुख आकर्षण र्याफ्टिङ व्यवसाय संकटमा



काठमाडौं । पछिल्लो समय देशैभर निर्माण भइरहेका विभिन्न जलविद्युत आयोजनाका कारण विश्वकै पर्यटकीय आकर्षण मानिएको र्याफ्टिङ व्यवसाय धरापमा परेको छ । सरकारले विश्वकै उत्कृष्ट र्याफ्टिङ गन्तब्य मानिएका नेपालका विभिन्न नदीहरुको प्राथमिकिरण अनुसार संरक्षण नगर्दा र जथाभावी जलविद्युत आयोजनाका लागि लाइसेन्स बाँडदा समस्या आएको र्याफ्टिङ व्यवसायीहरु बताउँछन् ।

laxmi

विगत वर्षहरुदेखि नै र्याफ्टिङ ब्यवसायीहरुले सरकारलाई जथाभाबी जलविद्युत निर्माणको लाईसेन्स वितरण नगर्न आग्रह गर्दै आएका छन् । जलविद्युत निर्माण देशको आवश्यकता भएपनि र्याफ्टिङका लागि उपयुक्त र आकर्षणका गन्तब्यहरु प्राथमिकिकरण गरेर मात्र मात्र जलविद्युतका लागि लाईसेन्स वितरण गर्नुपर्ने र्याफ्टिङ व्यवसायीहरुको माग रहेको छ । जथाभावी जलविद्युत निर्माणले र्याफ्टिङ मात्रै नभएर सम्पूर्ण पर्यटन क्षेत्रको भबिश्य नै अन्धकारमा परेको नेपाल र्याफ्टिङ एजेन्सीज एसोसियसनका पूर्व महासचिव तथा र्याफ्टिङ ब्यवसायी शिब अधिकारी बताउँछन ।

‘सरकारले जलविद्युतको नाममा जथाभाबी लाईसेन्स वितरण गरिरहेको छ । यसले समग्र पर्यटन क्षेत्र नै ध्वस्त बनाउँदै छ । हामीलाई जलविद्युत नचाहिएको होईन, चाहिएको छ, । तर, कहाँ र्याफ्टिङ गर्दा देशलाई फाइदा हुन्छ, कहाँ जलविद्युत आयोजना निर्माण गर्दा राम्रो हुन्छ भनेर पनि सरकारले सोच्नु जरुरी छ’, अधिकारीले भने ।

उनले निर्माणकर्ताहरुसँग प्रोजेक्ट प्लानिङ समेत नभएको भन्दै लाईसेन्स वितरण गर्न रोक्नुपर्ने बताए । जलविद्युत निर्माणले वातवरणमा असर गरेको भन्दै सीमितमात्रै जलविद्युत निर्माण गर्न समेत उनको सुझाव छ । वातवरण संरक्षण गर्नु सरकारको दायित्व रहेको भन्दै उनले भने, ‘मस्र्याङदी, भोटेकोशी जस्ता नदीहरुमा अहिले माछा पाउनै छाडेको बताए । जस्ले गर्दा पर्यटनमात्र नभएर अन्य वातवरणमा समेत ठूलो असर गरिरहेको उनको बुझाई छ ।

अधिकारीले दीको क्षेत्र छुटयउनु पर्ने, नदीसँगको खेलवाड बन्द गर्नु पर्ने, वातवरणीय प्रभाव मूल्याङ्कन गरेर भूगर्भविदको प्रस्ताव सुनिनु पर्ने र नदी पर्यटनलाई ठाउँ छ्ट्याउनु पर्ने तथा जथाभावी बिजुलीको ड्याम र बगर उत्खनन बन्द गर्नु पर्ने र्याफ्टिङ ब्यवसायीहरुको माग रहेको बताए ।

र्याफ्टिङ व्यवसाय नेपालको पर्यटनको लागि निकै महत्वपूर्ण आधार रहेको बताउँदै र्याफ्टिङ व्यवसायीहरुले नदीहरु संरक्षण्नका लागि आफुहरुले पहल गरिरहेको पनि बताएका छन् । ‘र्याफ्टिङले नदीमा कुनै असर गर्दैन । किनभने जव हामीले र्याफ्टिङ लिएर जान्छौं हामीले लाने खानेकुराहरुदेखि सबै चिज डम्पिङ साईटमा फाल्ने वा फिर्ता लिएर आउने गर्छौं । यस विषयमा विदेशीहरु धेरै सचेत देखिन्छन । कुनै पनि कम्पनीले त्यस विषयमा सचेत भईदिएन भने भोलिका दिनमा विदेशी पर्यटकले अर्को पटक आउँदा त्यो कम्पनीमा जान खोज्दैनन् । त्यसैले र्याफ्टिङ पठाउनु पहिले हाम्रा र्याफ्टिङ गाईड लिडरहरुलाई त्यसको बारेमा ब्रिफिङ गरेर पठाएका हुन्छौं’, एक व्यवसायीले भने ।

नदी संरक्षण् देशकै लागि आवशयक रहेको बताउँदै एक व्यवसायीले भने–‘ हामीले लगेका खानेकुरा देखि अन्य बट्टाहरुसमेत हामीले फिर्ता ल्याउने गरेका छौं । हामीले त्यहाँका जनताहरुलाई चेतना दिने गरेका छौं ता कि खोलामा फोहोर फाल्न नहुने रहेछ । भोलिका दिनमा यहाँ विदेशीहरु आउँदा रहेछन भनेर । त्यसैले हामीले र्याफ्टिङ गर्ने नदीहरुमा अहिलेसम्म फोहोर गर्न दिएका छैनौं र त्यहाँ नदीमा भएका कुनै पनि कुराहरुलाई हामीले मास्ने काम गरेका छैनौं ।’

त्यस्तै र्याफ्टिङ व्यवसायीहरुले र्याफ्टिङले गर्दा नै माछा लोप भयो भन्ने कुरा भ्रममा भएको बताए, ‘र्याफ्टिङको कारणले खोला फोहोर होईन सफा हुन्छ । किन भने र्याफ्टिङ गर्न थाले पछि खोला सफा हुन्छ फोहोर दी वा खोलामा कुनै पनि विदेशीले र्याफ्टिङ गर्न चाहँदैनन् । जहाँ खोला सफा छ । त्यहाँ विदेशीले र्याफ्टिङ गर्न मन पराउँछन जसले गर्दा त्यहाँका स्थानीयले व्यवसाय र रोजगारको अवसर पनि पाउँछन् । र उनीहरु सचेत पनि हुन्छन कि खोलामा फोहोर गर्नु हुँदैन भनेर ।’

प्रतिक्रिया दिनुहोस्
MBL