शाओमीको रेडमी नोट ९ र ९ ए सिरिज नेपाली बजारमा, यस्तो छ बजारमूल्य

शाओमीको रेडमी नोट ९ र ९ ए सिरिज नेपाली बजारमा, यस्तो छ बजारमूल्य

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर, शाओमीले आज नेपालमा बजेट सेग्मेन्ट भित्र दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले मोडल—रेडमी ९ र रेडमी ९ए सार्वजनिक गरेको हो । शक्तिशाली चिपसेट र प्रिमियम विशेषता भएका यी नयाँ भेरियन्टले सबैका लागि स्मार्टफोनको नयाँ अवधारणा बनाउने कम्पनीले अपेक्षा गरेको छ ।

पहिलो ईन्ट्री लेबलको स्मार्टफोनको रुपमा बहुउपयोगी क्वाड क्यामेरा सेटअप विशेषता भएको रेडमी ९ ले जीवनको विशेष पलहरु खिच्न मद्दत गर्ने कम्पनीको दावी छ । चाहे तपाईं द्रुत स्न्याप, वाईड एंगल ग्रुप सट, मोहक विवरणका साथ क्लोज अप वा सुन्दर पोेट्रेट लिन सहयोग पुर्याउनेछ । यो उपकरणले क्यालिडोस्कोप र पाम शटर जस्ता विशेषताहरु समावेश भएको प्रिमियम क्यामेराका साथ फोटोग्राफी अनुभवमा रमाइलो र रचानात्मक समाहित गर्दछ ।

Tansen-Webbanner-(200x200)-pxl
bajaj_bizkhabar

यसबीच प्रयोगकर्ताले रेडमी ९ को ठुलो र उत्कृष्ट स्क्रिनका साथ अझ राम्रोसंग हेर्न सक्दछन् । ६.५३ इन्च एफएडी प्लस डट ड्रप डिस्प्ले प्रस्तुत गर्दै रेडमी ९ ले एक क्रिस्टल क्लियर विवरणका साथ तत्कालै एक निर्देशनमा सर्वोत्कृष्ट भिजुअल अनुभव प्रदान गर्दछ ।

पर्फमेन्शको पाटोमा, रेडमी ९ मा एक अनुकूलित मिडियाटेक हेलियो जी८० एसओसी छ जसले आफ्नो पूर्ववर्ती भन्दा १०७ प्रतिशत सुधारीएको प्रदर्शन प्रदान गर्दछ । ५०२० एमएएच ठुलो क्षमताको ब्याट्रीका साथ जोडिएको रेडमी ९ ले तपाईंलाई दैनिक काम र खेलका लागि आवश्यक पावर प्रदान गर्दछ । यो पर्फमेन्श बिस्टले तपाईंको केहि खाली समयमा खेलमा र्फिता जानका लागि १८ वाट्ट फास्ट चार्जिङ टेक्नोलोजी सपोर्ट गर्दछ ।

रेडमी ९ ले तपाईंलाई योग्य शानदार स्मार्टफोन डिजाइन प्रस्तुत गर्दछ । पछाडिको कभरमा यसले शिष्ट ग्रेडिएन्ट कलर डिजाइन र एन्टी फिंगरप्रिन्ट रिप्पल टेक्सचर उत्तोलन गर्दछ । रियर फिंगरप्रिन्ट सेन्सर विशेष गरि क्यामेरा सेटको छेउमा बस्नका लागि डिजाइन गरिएको छ र रेडमीको हालको स्मार्टफोन लाइनअपमा चित्रित एक ट्रेन्डी सरकल डिजाइनले घेरिएको छ । समग्रमा, यसले रेडमी ९ लाई समात्न र अनलक गर्न अझ बढि सहज बनाउँछ ।

यसलाई सम्पन्न गर्नुपर्दा, रेडमी ९ ३.५एमएम हेडफोन ज्याक, आईआर ब्लास्टरका साथ आउँछ र यसले डुअल सिम र थप माइक्रोएसडी स्लट समर्थन गर्दछ । रेडमी ९ का साथ प्रयोगकर्ताले केहि सम्झौता गर्नु पर्दैन, उनीहरुले यी सबै विशेषताहरु पाउँछन् ।

रेडमी ९ए : ६.५३ इन्च ठुलो डिस्प्ले र ५०००एमएएच ब्याट्री

यो एकदम नयाँ एन्ट्री लेबल स्मार्टफोन इमर्सिभ दृश्य अनुभवका लागि विशाल ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५००० एमएएच उच्च क्षमताको ब्याट्रीले सुसज्जित छ र त्यस्ता प्रयोगकर्ताहरुलाई सन्तुष्ट पार्छ जो आफ्नो फोनमा धेरै कुरा गर्न र मज्जा लिन चाहन्छन् । रेडमी ९ए मा मिडियाटेक हेलियो जी२५, अक्टा कोर गेमिङ चिपसेट जस्ता विशेषताहरु छन् जसले दिन प्रति दिन सहज संचालन अनुभव प्रदान गर्दछ । यसमा एआई अप्टिमाइज्ड् १३एमपी रियर क्यामेरा छ जसले विभिन्न अवस्थाहरुमा तीव्र र सहजै स्फूर्तिदायक र स्प्रष्ट तस्वीरहरु खिच्दछ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘शाओमीमा हामीले उल्लेखनिय स्मार्टफोन अनुभवहरु सबैका लागि पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौं । विशाल ५०२० एमएएच ब्याट्री र क्वाड क्यामेरा सेटअपका साथ रेडमी ९ र ६.५३ इन्च डट ड्रप डिस्प्लेका साथ रेडमी ९ए सुलभ मुल्यमा उपलब्ध एन्ट्री लेबल स्मार्टफोनको विशिष्ट विकल्प हुन् ।

हामी यी दुवै स्मार्टफोनहरु नेपालका हाम्रा मी फ्यानहरु र प्रयोगकर्ताका लागि ल्याउँन पाउँदा निकै उत्साहित छौं र हामी निरन्तर उनीहरुका लागी रेडमी परिवारको उत्कृष्ट उत्पादन ल्याउने आशा राख्दछौं ।’ कम्पनीले उक्त २ भेरियन्ट फोनको मूल्य विभिन्न कलर, क्षमताअनुरुप मूल्य छुट्टाछुट्टै राखेको छ । कम्पनीका अनुसार रेडमी ९ ३ जीबी प्लस ३२ जीबीको १६ हजार ९ सय ९९ र ४ जीबी प्लस ६४ जीबीको मूल्य १७ हजार ९ सय ९९ तोकिएको छ । यस्तै रेडमी ९ ए भने २ जीबी प्लस ३२ जीबीको मूल्य ११ हजार ४ सय ९९ रुपैयाँ तोकीएको छ ।


फेसबूक कमेन्ट गर्नुहोस्

Social Media Auto Publish Powered By : XYZScripts.com
DMCA.com Protection Status