Logo

माइक्रोसफ्टद्वारा आफ्ना विश्वभरका सबै रिटेल स्टोर बन्द गर्ने घोषणा, अब सबै सेवा अनलाइनबाट

माइक्रोसफ्टद्वारा आफ्ना विश्वभरका सबै रिटेल स्टोर बन्द गर्ने घोषणा, अब सबै सेवा अनलाइनबाट



काठमाडौँ । टेक जाइन्ट माइक्रोसफ्टले आफ्ना विश्वभरका सबै रिटेल स्टोर बन्द गर्ने घोषणा गरेको छ । आफ्नो न्युजलेटर मार्फत माइक्रोसफ्टले ठुलो घोषणा गर्दै आफ्ना रिटेल स्टोर बन्द गर्ने घोषणा गरेको हो ।

laxmi

माइक्रोसफ्टले अब अनलाइन स्टोर्समा आफुलाई केन्द्रित गर्दै यस्तो घोषणा गरेको हो । अब माइक्रोसफ्टका केवल चार स्टोर खुल्ने छन्, जसमा आफ्ना उत्पादन बिक्रि भने हुने छैनन् । ति चार स्टोरलाई अब अनुभव हासिल गर्ने सेन्टर बनाइने माइक्रोसफ्टले जानकारी दिएको छ ।

अब यो घोषणापछि माइक्रोसफ्टका अमेरिकालागायत विश्वका सबै रिटेल स्टोर बन्द हुने छन् । अहिले माइक्रोसफ्टका विश्वभर करिब १।२ बिलियन ग्राहक रहेका छन्, जो १९० भन्दा बढी देशका रहेका छन् । माइक्रोसफ्टले यो घोषणापछि कुनै कमर्चारी हटाउने भने बताएको छैन ।

माइक्रोसफ्टले कहिले देखि रिटेल स्टोर बन्द हुन्छन भन्ने बारे भने खुलाएको छैन । तर रिटेलमा दिइने सबै सेबा अनलाइनबाट उत्कृष्ट सेवा दिइने बताएको छ ।

माइक्रोसफ्टले भनेको छ–‘हामीले यस्तो टिम निर्माण गरेका छौं, जसमा मल्टिट्यालेन्ट मानिसहरु छन् । जो विश्वका कुनै पनि कुनामा बसेर काम गर्न सक्छन । हाम्रो टिम सबै किसिमका ग्राहकलाई सहयोग गर्न कुनै पनि परिस्थितिका लागि तयार छन् । हाम्रो टिममा १२० भन्दा बढी भाषा जान्ने मानिस छन् । हाम्रो टिम पहिला भन्दा निकै बलियो भएको छ ।’

माइक्रोसफ्टले कोरोना महामारी फैलिएपछि गत मार्चमा आफ्ना रिटेल स्टोर बन्द गरेको थियो । यसक्रममा माइक्रोसफ्टले ससाना व्यापारी र एजुकेसन क्षेत्रका ग्राहकलाई अनलाइन मद्धत गरेको थियो ।

यसक्रममा हजारौ कमर्चारीको ट्रेनिङ भएको थियो । यस क्रममा माइक्रोसफ्टले १४ हजार अनलाइन वर्कसप आयोजना गरेको थियो । त्यस्तै समर क्याम्प र ३ हजार भन्दा बढी भर्चुअल ग्राजुएट क्लासको आयोजना समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL