Logo

संचारमन्त्रीले सीजीलाई भने हामी जुहारी खेल्न चाहादैनौं, तर ईमान्दारीपुर्वक व्यवसाय गर्नुस

संचारमन्त्रीले सीजीलाई भने हामी जुहारी खेल्न चाहादैनौं, तर ईमान्दारीपुर्वक व्यवसाय गर्नुस



काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सीजीसँग जुहारी खेल्न नचाहेको बताएका छन । कहिले सीजीले संचारमन्त्रीको जवाफ दिने कहिले संचारमन्त्रीले उसको जवाफ दिने प्रक्रिया बन्द गरिनुपर्ने उनको धारणा छ ।

बिहीबार मन्त्रीपरिषदका पछिल्लो निर्णय सुनाउने क्रममा उनले आफुले सीजीको बारेमा विस्तृत अध्ययन गर्ने समेत बताएका छ । सिजीको माउ कम्पनी एसटीएम टेलिकमबाट सीजीले जिम्मा पाएपछि काम पुरा गर्नुपर्छ की पर्दैन लगायतका कुराहरुको विस्तृत अध्ययन गरिने उनको भनाई थियो । ‘हामीले त्यसबेला विश्व बैंकबाट ऋण मागेर सीजीलाई ग्रामीण भेगमा भिस्याट र विभिन्न स्थानमा पिसिओ राख्नका लागि कामको जिम्मेवारी दिएका थियौं,’ उनले भने, ‘अब म यी सबै प्रक्रियाको बारेमा विस्तृत अध्ययन गर्ने जमर्काे गरेको छु ।’

सीजी टेलिकमले सम्पुर्ण प्रक्रिया पुरा गरेर आए युनिफाईड लाईसेन्स पाउने उनले बताएका छन । ‘सीजीले सम्पुर्ण प्रक्रिया पुरा गरे सजिलै युनिफाइड लाईसेन्स पाउँछ,’ उनले भने, ‘तर ढोकाबाट नभई झ्यालबाट लाईसेन्स लिन आए कहाँबाट पाईन्छ लाईसेन्स ?’

सीजी टेलिकमले आफुले जिम्मा पाएका कामहरु पुरा नगरेको र लाईसेन्स पाएपछि मात्रै काम अघि बढाउने गरी योजना बनाएको समेत उनले उल्लेख गरे ।

सरकारले व्यवसायीहरुलाई निरुत्साहीत होईन प्रोत्साहन गर्न खोजेको बताउँदै उनले सीजीलाई भने ईमान्दारीपुर्वक व्यवसाय गर्न आग्रह गरेका छन ।

यस्तै उनले विभिन्न संचारमाध्यमा मन्त्रीले सीजीसँग २० अर्ब रुपैयाँ मागेको उल्लेख गरेको बताउँदै त्यो पैसा आफ्नो लागि नमागेको समे बताएका छन ।

‘मैले सीजीसँग मेरो लागि २० अर्ब मागेको हैन,’ उनले भने, ‘मेरो घरमा त्यती पैसा राख्ने ठाउँ पनि छैन र मलाई चाहिँदैन पनि ।’

उनले विभिन्न संचारमाध्ययमहरुले आफुलाई मात्रै लखेटिरहेको बताएका छन । संचारमाध्यमलाई पनि उनले सीजीले जिम्मा पाएको काम गरेनगरेको समेत हिसाव राख्न निर्देशन दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL