Logo

कोरोना संक्रमणसम्बन्धमा नयाँ तथ्य फेला पर्यो, संक्रमितको मष्तिष्कमा गम्भीर असर पर्ने वैज्ञानिक निष्कर्ष

काठमाडौं । हालैको एक नयाँ अध्ययनमा कोरोना भाईरस र मष्तिष्कबीच सम्बन्ध रहेको पाईएको छ । तर, अनुसन्धानकर्ताहरुका अनुसार मष्तिष्कसँग सम्बन्धित विभिन्न समस्याहरु कोभिड–१९ बाट प्रभावितमा छैनन् भन्न सकिने अवस्था भने छैन ।

laxmi

विभिन्न देशमा कोभिड–१९ र मष्तिष्कसँग सम्बन्धित रोगको बारेमा देशव्यापी अध्ययन गरिएको थियो । अनुसन्धानकर्ताहरुले बेलायतका विभिन्न अस्पतालमा भर्ना गरिएका १ सय ५३ बिरामीमा गरिएको अनुसन्धानमा कोरोनाको लक्षण र नयाँ किसिमको मनोवैज्ञानिक समस्या पनि देखिएको थियो ।

अनुसन्धानकर्ताहरुले १ सय २५ जना संक्रमितमध्ये ५७ जनामा रगत सर्कुलेसनमा समस्याका कारण हृदयघात भएको र ३९ जनामा मनोवैज्ञानिक असर परेको पत्ता लगाएका थिए । ३९ जना मनोवैज्ञानिक विरामीमध्ये पनि १० जनामा साईकोसिश अर्थात डिप्रेसनको पहिलो चरण देखिएको थियो भने ७ जना बिरामीमा ईन्सेफ्लाईटिस देखिएको थियो ।

उक्त अनुसन्धानमा २३ देखि ९४ बर्ष उमेर समूहका बिरामीलाई समेटिएको थियो । जसमध्ये वृद्ध मानिसलाई बढी हृदयघातको समस्या देखिएको थियो भने वृद्धलगायत युवाहरुलाई भने मनोवैज्ञानिक असर परेको पाईएको थियो ।

कोरोना भाईरसको संक्रमणपछि अस्पतालमा भर्ना भएपछि बिरामीमा मनोवैज्ञानिक समस्या आउने सम्भावना अत्याधिक हुन्छ । जसमा न्युरोसाईक्याट्रिक असर देखिने सम्भावना अत्याधिक हुन्छ । विभिन्न देशमा कोरोना भाईरसलाई मनोवैज्ञानिक तथ्यबाट अध्ययन गर्ने गरिएको छ । जसमध्ये चीन, फ्रान्सलगायतका देशहरु छन् । बिजखबर संवाददाता

कोरोना संक्रमणसम्बन्धमा नयाँ तथ्य फेला पर्यो, संक्रमितको मष्तिष्कमा गम्भीर असर पर्ने वैज्ञानिक निष्कर्ष
काठमाडौं । हालैको एक नयाँ अध्ययनमा कोरोना भाईरस र मष्तिष्कबीच सम्बन्ध रहेको पाईएको छ । तर, अनुसन्धानकर्ताहरुका अनुसार मष्तिष्कसँग सम्बन्धित विभिन्न समस्याहरु कोभिड–१९ बाट प्रभावितमा छैनन् भन्न सकिने अवस्था भने छैन ।

विभिन्न देशमा कोभिड–१९ र मष्तिष्कसँग सम्बन्धित रोगको बारेमा देशव्यापी अध्ययन गरिएको थियो । अनुसन्धानकर्ताहरुले बेलायतका विभिन्न अस्पतालमा भर्ना गरिएका १ सय ५३ बिरामीमा गरिएको अनुसन्धानमा कोरोनाको लक्षण र नयाँ किसिमको मनोवैज्ञानिक समस्या पनि देखिएको थियो ।

अनुसन्धानकर्ताहरुले १ सय २५ जना संक्रमितमध्ये ५७ जनामा रगत सर्कुलेसनमा समस्याका कारण हृदयघात भएको र ३९ जनामा मनोवैज्ञानिक असर परेको पत्ता लगाएका थिए । ३९ जना मनोवैज्ञानिक विरामीमध्ये पनि १० जनामा साईकोसिश अर्थात डिप्रेसनको पहिलो चरण देखिएको थियो भने ७ जना बिरामीमा ईन्सेफ्लाईटिस देखिएको थियो ।

उक्त अनुसन्धानमा २३ देखि ९४ बर्ष उमेर समूहका बिरामीलाई समेटिएको थियो । जसमध्ये वृद्ध मानिसलाई बढी हृदयघातको समस्या देखिएको थियो भने वृद्धलगायत युवाहरुलाई भने मनोवैज्ञानिक असर परेको पाईएको थियो ।

कोरोना भाईरसको संक्रमणपछि अस्पतालमा भर्ना भएपछि बिरामीमा मनोवैज्ञानिक समस्या आउने सम्भावना अत्याधिक हुन्छ । जसमा न्युरोसाईक्याट्रिक असर देखिने सम्भावना अत्याधिक हुन्छ । विभिन्न देशमा कोरोना भाईरसलाई मनोवैज्ञानिक तथ्यबाट अध्ययन गर्ने गरिएको छ । जसमध्ये चीन, फ्रान्सलगायतका देशहरु छन् । yahoones.comबाट अनुबाद

प्रतिक्रिया दिनुहोस्
MBL