Logo

नेपालमा शनिबार थप एक जनामा भेटियो कोराना, संक्रमितको संख्या ५ पुग्यो

नेपालमा शनिबार थप एक जनामा भेटियो कोराना, संक्रमितको संख्या ५ पुग्यो



काठमाडौं । नेपालमा थप एकजनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी १९ वर्षकी युवतीलाई कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकासराज देबकोटाले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि उक्त युवतीमा कोरानाको संक्रमण भएको पुष्टि भएको देवकोटाले जानकारी दिए । युवती कतार एयरवेजको क्युआर ६५२ जहाजमार्फत मार्च १७ तारिखमा नेपाल आएकी थिइन ।

हाल उनको अवस्था सामान्य रहेको र अरु व्यक्तिमापनि फैलन सक्ने भएकाले घरभित्रै सेल्फ आईसोलेसनका बस्न आग्रह गरिएको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL