Logo

वैदेशिक रोजगारमा झड्का, नेपालसहित १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा प्रतिबन्ध

वैदेशिक रोजगारमा झड्का, नेपालसहित १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा प्रतिबन्ध



काठमाडौं । नेपाालीको प्रमुख रोजगार गन्तब्यको रुपमा रहेको खाडी मुलुक कतारले नेपाली प्रवेशममा अस्थायी प्रतिबन्ध लगाएको छ । कतारले कोरोना भाईरस (कोभिड–१९) संक्रमणको डरले नेपालसहित विभिन्न चौध देशका नागरिकहरुलाई कतार प्रवेशमा अस्थायी रोक लगाएको छ । दैनिक सयौं नेपाली रोजगारका लागि जाने कतारमा लागेको अस्थायी प्रतिबन्धलाई वैदेशिक रोजगारीमा झ्डकाको रुपमा व्यवसायीहरुले लिएका छन् ।

कतार सरकारले सोमबारदेखि लागु हुने गरी अस्थायी रुपमा कतार प्रवेश रोक्ने निर्णय गरेको हो । शुरुमा ईटालीबाट कतार प्रवेश गर्ने विदेश नागरिकहरुलाई प्रवेश रोकेको कतारले प्रबेश रोक लगाएका देशहरुमा नेपालसहित बंगलादेश, चीन, ईजिष्ट, भारत, इराक, लेवनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरीया श्रीलंका ,सिरिया र थाईल्याण्ड रहेका छन् ।

झन्डै एक सयभन्दा बढी मुलुकका आप्रवासी कामदार रहेको कतारमा नेपाली कामदारको सख्या चार लाखभन्दा केही बढी छ । कतारको पछिल्लो निर्णयले विजनेश वा भिजिट भिसामा कतार प्रवेश गर्ने देखि रोजगारीका लागि जाने सबै प्रभावित हुनेछन् ।

कतारले परिस्थितीको सुक्ष्म मुल्यांकन गरिरहेको भन्दै परिस्थितिमा सुधार देखिए अस्थायी प्रतिवन्ध हटाउन सकिने बताएको छ । कतारले आफ्ना देशका नागरिकहरुलाई पनि सकेसम्म विदेश नजान आग्रह गरेको छ । त्यसअघि आइतवार नै कतारमा कार्यरत तीन जना आप्रवासी कामदारलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । तर उनीहरु कुन देशका हुन् भन्नेबारे कतारले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL