Logo

भ्रमण वर्ष-२०२०का सबै अन्तरराष्ट्रिय कार्यक्रम स्थगित, आन्तरिक भ्रमण वर्ष घोषणा गर्ने तयारी

भ्रमण वर्ष-२०२०का सबै अन्तरराष्ट्रिय कार्यक्रम स्थगित, आन्तरिक भ्रमण वर्ष घोषणा गर्ने तयारी



काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० का लागि देशबाहिर तय गरिएका समपूर्ण कार्यक्रम सरकारले स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनेकोले देशबाहिर भइरहेका औपचारिक कार्यक्रम तत्कालका लागि स्थगित गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो ।

laxmi

भ्रमण वर्षको अवसरमा विदेशमा रहेका विभिन्न संघ(सस्था तथा निकायले विभिन्न कार्यक्रमको आयोजना गर्ने तय गरेका थिए । तर, विश्व अहिले कोरोनाको महामारीसँग लडिरहेकाले तय भएका कार्यक्रमहरू स्थगित गरिएको नेपाल भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

भ्रमण वर्षमा पर्यटकलाई आकर्षित गर्न नेपाल ‘कोरोना फ्री’ देश रहेको भन्दै केही समयअघि सरकारका पर्यटनमन्त्री मार्फत प्रचार भएकोमा त्यसको तीव्र आलोचना हुँदै जाँदा सरकार पछि हटेको हो ।

यस्तै, भ्रमण वर्षलाई आन्तरिक भ्रमण वर्षमा घोाष्णा गर्ने विषयमा समेत सरकारले तयारी अघि बढाएको र परिस्थतिअनुसार मात्रै निर्णय गर्नेगरी सरकारले तयारी गरेको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् ।

पर्यटन प्रर्वद्धनका निम्ति काठमाडौंमा भएको एक पदयात्रा कार्यक्रम पछि बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशमा हुने प्रचारप्रसारका काम स्थगित गरी आन्तरिक पर्यटन प्रर्वद्धनको काममा सरकार केन्द्रीत भएको बताए ।

परिस्थिति अनुकुल नहुँदासम्म आन्तरिक पर्यटनलाई जोड दिँदै नीतिहरु अगाडी बढाउने तयारी मन्त्रालयले गरेको उनले बताए । कोरोनाका कारण नेपाल भ्रमणवर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई असर गरेको उनले बताए ।

विश्वबजार कोरोनाबाट प्रभावित बन्दै गएको सन्दर्भमा आएका सुझावहरुलाई मध्यनजर गर्दै तत्काल विदेशमा हुने प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL