Logo

चिनियाँ लगानीकर्ताको आकर्षण बढ्दा पर्यटन क्षेत्रमा विदेशी लगानी बढ्यो, होटल–रेष्टुराँमा बढी लगानी

चिनियाँ लगानीकर्ताको आकर्षण बढ्दा पर्यटन क्षेत्रमा विदेशी लगानी बढ्यो, होटल–रेष्टुराँमा बढी लगानी



काठमाडौं । पछिल्लो समय नेपालको पर्यटन क्षेत्रमा चिनियाँ लगानीकर्ताको आकर्षण बढेको छ । नेपाल भित्रिने चिनियाँ पर्यटकको संख्यामा आएको वृद्धिसँगै चिनियाँ लगानीकर्ताले चिनियाँ पर्यटक लक्षित होटल–रेष्टुराँमा लागनी बढाएका छन् । जसका कारण पर्यट क्षेत्रमा विदेशी लगानी बढ्ेको छ । चाूलू आर्थिक बर्षको पछिल्लो ६ महिनामा बैदेशिक लगानी रहेको ६० ओटा होटल तथा रेष्टुँरा दर्ता भएका छन् । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको ६ महिनामा उक्त संख्यामा होटल तथा रेष्टुँरा दर्ता भएको हो ।

laxmi

चालु आवमा दर्ता भएका ६० ओटा विदेशी होटलमार्फत ८ अर्ब २२ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । बिभागको तथ्याङ्क अनुसार ६० मध्ये ५२ होटल तथा रेष्टुँरा भने चिनियाँ लगानी रहेको छ । त्यसतै फ्रान्स र भारतले २/२ ओटा होटलमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने जापान, मलेसिया, पोल्याण्ड तथा अमेरिकाले १/१ ओटा होटलमा लगानी गर्नेछन ।

सबै भन्दा बढी लगानी भित्र्याउनेमा चिनियाँ लगानीकर्ता रहेका छन् । जसले ५२ ओटा होटलमार्फत ७ अर्ब ४५ करोड ४० लाख रुपैयाँ भित्र्याउने उल्लेख छ । त्यस्तै अमेरिकन लगानीकर्ताले ११ करोड रुपैयाँ भित्र्याउने प्रतिबद्धता गरेका छन् । ६० ओटा होटलमार्फत नेपाली तथा विदेशी गरि २३ सय ९८ जनाले प्रत्यक्ष रोजगारी पाउने बिभागको तथ्याङ्कमा उल्लेख छ ।

गत बर्षको सोही अवधिमा भने ६८ ओटा होटल तथा रेष्टुँरा मात्र दर्ता भएको थियो । चालु आवमा ५२ ओटा होटल दर्ता गरेका चिनियाँ लगानीकर्ताले गत बर्षको सोही अवधिमा भने ३७ ओटामात्रै होटल तथा रेष्टुँरा दर्ता गरेका थिए । त्यसतै चालु आवमा ८ अर्ब रुपैयाँको बैदेशिक लगानीको प्रतिबद्धता आएकोमा गत बर्षको सोही अवधिमा भने ५ अर्ब ३८ करोड रुपैयाँको मात्रै लगानीको प्रतिबद्धता आएको थियो ।

नेपाली लगानी

चालु आवको पछिल्लो ६ महिनामा नेपाली लगानीको होटल रेष्टुँरा भने ७३ ओटा दर्ता भएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ । विभागको तथ्याङ्क अनुसार गत बर्षको सोही अवधिमा भने ८१ ओटा होटल तथा रेष्टुँरा दर्ता भएको थियो ।

चालु आवमा ७३ ओटा होटल रेष्टुँरामार्फत १६ अर्ब ६३ करोड रुपैयाँको नेपाली लगानीकर्ताले प्रतिवद्धता गरेका छन् । गत बर्षको सोही अवधिमा भने ६ अर्ब ८ करोड रुपैयाँको मात्रै लगानी प्रतिवद्धता आएको बिभागको तथ्याङ्कमा उल्लेख छ । चालू आवको होटल लगानी प्रतिबद्धता अनुसार ३ हजार ८ सय २० जनाले रोजगारी पाउनेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL