Logo

विराटनगर आईसीपीको उद्घाटन मंगलबार हुँदैं, सञ्चालनको जिम्मा हिमालयन टर्मिनल प्रालिलाई

विराटनगर आईसीपीको उद्घाटन मंगलबार हुँदैं, सञ्चालनको जिम्मा हिमालयन टर्मिनल प्रालिलाई


बिजखबर संवाददाता
189
Shares

काठमाडौं । विराटनगरस्थित एकीकृत जाँचपास चौकी (आईसिपी) मंगलबारदेखि संचालनमा आउने भएको छ । सन २००५ मा नेपाल सरकार र भारत सरकारबीच आईसीपी बनाउने सम्झौता बमोजिम निर्माण भएको उक्त आईसिपी मंगलबार दुबै देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने भएका हुन ।

laxmi

बहुचर्चित एवं बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी मङ्गलबारदेखि सञ्चालनमा आउने भएको हो । नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी हस्तान्तरण गरेपछि सञ्चालनमा आउन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीमा मङ्गलबार एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण मञ्च कार्यालयका प्रमुख हिमाल बरालले जानकारी दिए ।

उक्त आईसिपी निर्माणका लागि ठेकेदारसंग भने मार्च २०१७ मार्च १६ मा सम्झौता भएको थियो । १ सय ६९ विघा क्षेत्रफलमा फैलिएको उक्त आईसिपीमार्फत एउटै क्षेत्रमा अद्यागमन, भन्सार कार्यालय, क्वारेन्टाईन कार्यालय छरिएर रहेकामा अब यसबाट सबै काम एकै स्थानबाट हुनेछ ।

भारत र नेपालस्थित दुबैतिर एकै प्रकारको आईसिपी कार्यलय स्थापना भएका छन । उक्त आईसीपी उद्घाटनपछि निर्यात र आयात सहजीकरणका साथै वीरगंज नाकको काम समेत सहज हुने विज्ञहरुको भनाई छ ।

भारत सरकारको १ अर्ब १४ करोड ५८ लाख रुपैयाँ लागतमा बनेको उक्त आईसिपी आगामी ६ महिनासम्म भने वीरगंज सुक्खा बन्दरगाह चलाईरहेको हिमालयन टर्मिनल प्रालिलाई संचालनको जिम्मा दिने निर्णय भएको ईन्टरमोडल यातायात विकास समितिले जानकारी दिएको छ ।

६ महिनासम्म संचालनका लागि ग्लोबल टेण्डर आह्वान गरेपछि कम्पनी टुङ्गो नलाग्दासम्म हिमालयनलाई उक्त आईसीपी संचालनको जिम्मा दिने निर्णय भएको समितिका एक अधिकारीले बिजखबरलाई जानकारी दिए ।

ती अधिकारीका अनुसार हाल टेण्डरको काम अघि बढीसकेको छ । उक्त टेण्डर प्रक्रियापश्चात कम्पनी छनोटको टुङ्गो लाग्नेछ । हिमालयन कम्पनीले ६ महिनासम्म उक्त आईसिपी संचालन गर्दा कुल आम्दानीको ४० प्रतिशत समितिलाई दिने र ६० प्रतिशत आफु राख्न पाउने समेत सम्झौता भएको समितिले जानकारी दिएको छ । उक्त आईसीपी समितिको मातहतमा रहेर उक्त कम्पनीले चलाउने भएको हो ।

विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि शुरु भएको हो ।

भारत अहमदावादका दिनेशचन्द्र आर अग्रवालले भारतीय रु एक अर्ब १४ करोड लागतमा निर्माण गर्न ठेक्कामा लिएका थिए । विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने अनुमान गरिएको छ । जाँचचौकी सञ्चालनमा आउँदा धेरै कुरामा सहज हुने भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL