Logo

रुप ज्योतिको पक्राउमा निजी क्षेत्रको विरोध, आन्दोलनमा उत्रियो उद्योग बाणिज्य संघ

रुप ज्योतिको पक्राउमा निजी क्षेत्रको विरोध, आन्दोलनमा उत्रियो उद्योग बाणिज्य संघ



काठमाडौं । व्यवसायीक घराना ज्योति ग्रूपका उपाध्यक्ष डा. रुप ज्योतिको पक्राउको विषयलाई लिएर निजी क्षेत्र विरोधमा उत्रिएका छन् । ल्याण्डमार्ग हाउजिङमा भएको ठगीको आरोपमा बिजेन्द्र मल्लले दिएको उजुरीको आधारमा प्रहरीले ज्योतिलाई पक्राउ गरेसँगै निजी क्षेत्र विरोधमा उत्रिएका हुन् ।

laxmi

ज्योतिलाई प्रहरीले पक्राउ गरेको केही समय निजी क्षेत्र मौन बसेपनि पछिल्लो समय विरोधमा उत्रिएका हुन् । सो सम्बन्धमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर, नाडा एशोसिएशन नेपालले विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् भने नेपाल उद्योग बाणिज्य संघ काठमाडौं विज्ञप्ती जारी गर्दै विरोधमा कार्यक्रम समेत सार्वजनिक गरिसकेको छ ।

सरकारले ल्याण्डमार्क हाउजिङको विषयलाई लिएर गैरकानूनी रुपमा डा. रुप ज्योतिलाई पक्राउ गरेको नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिए । ‘पहिलो कुरा ज्योति परिवार उक्त हाउजिङ कम्पनीमा कुनै संचालक पदमा छैनन् सेयर सदस्य मात्र हुन,’ उनले भने, ‘यस्तो विषयलाई लिएर सरकारले देवयानी मुद्दाको विषयलाई फौजदारी मुद्दामा जोडेर पुरै परिवार विरुद्ध पक्राउ पुर्जी काट्नु एकदमै गलत छ ।’

ज्योति परिवारले मागदावी अनुरुपको रकम अदालतमा पहिले नै जम्मा गरिसकेको अवस्थामा एउटा अपराधी जसरी पक्राउ गर्दा त्यसले समग्र जिनी क्षेत्रलाई निरुत्साहित बनाएको उनको तर्क छ । ‘सरकारले उद्योगी व्यवसायीको आत्मबल बढाउनुपर्ने अवस्थमा हजारौ रोजगारी सिर्जना गरी राज्यलाई करोडौ कर तिर्दै आएको उद्योग प्रतिष्ठानको संचालकलाई गैर जिम्मेवारपूर्ण तरिकाबाट पक्राउ गरेर समग्र लगानीकर्तालाई हतोत्साहित बनाएको उनको भनाई छ । साथै पुरै परिवारलाई नै पक्राउ पुर्जी कटोर कुनै एक व्यवसायीक घरनाकै केइजती गर्ने काम गरेको उनको भनाई छ ।

यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले पनि उक्त घटनाले निजी क्षेत्रलाई त्रसित बनाएको बताउँछन् । नेपालको भर्खरै डुइङ बिजनेशमा सुधार आएको र स्थायी सरकारका कारण लगानीकर्ताको सोचमा सुधार आईरहेको अवस्थमा कुनै एक प्रतिष्ठित उद्योगीलाई अपराधीलाई जसरी पक्राउ गर्दा समग्र उद्योगी व्यवसायीले असुरक्षित महसुस गरेको उनले जानकारी दिए ।

कुनै एक उद्योगीको परिवारलाई नै पक्राउ पूर्जी जारी गरेर सरकारले अबका दिनमा नेपालमा लगानीको वातावरण छैन भन्ने सन्देश दिन खोजेको समेत उनको तर्क थियो । ‘कुनै पनि उद्योगी व्यवसायीले काम गर्दै जाँदा गल्ती गर्न सक्छ,’ उनले भने, ‘तर सो सम्बन्धमा कुनै छानविन नै नगरी एक्कासी अपराधीलाई जसरी लगेर थुन्नु गलत कार्य हो ।’ यदि ज्योतिको पक्राउको विषयमा कानूनी अडचन छन् भने यस्ता विषयमा सरकारले कानून नै परिवर्तन गरी व्यवसायीलाई सुरक्षित महशुस गराउनु पर्ने उनको भनाई थियो ।

यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ पनि ज्योतिको पक्राउनको कारणले देशमा लगानीको वातावरण विग्रने बताउँछन् । ‘ज्योति पक्राउ परेसँगै अहिले धेरै उद्योगी व्यवसायी त्राहि त्राहि भएका छन्,’ उनले भने, ‘अहिले धेरै उद्योगी व्यवसायीहरु नेपालमा अब उद्योग व्यवसाय गर्न सकिन्दैन कि भन्ने मनसायमा पुगेका छन् ।’

उद्योग बाणिज्य संघ काठमाडौंले ज्योतिको पक्राउको विषयमा विज्ञप्ती नै जारी गरेर चरणवद्ध आन्दोलनमा कार्यक्रम घोषणा गरेको छ । विदेश भ्रमणमा गएको व्यक्तिलाई स्वदेश फर्कदा सिधै एरपोर्टबाट पक्राउ गरी हिरासतमै राखेर अनुसन्धान गरिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको भन्दै विरोधका कार्यक्रम सार्वजनक गरेको छ । काठमाडौंले विहीबार न्यूरोड जुद्ध सडमका जम्मा भएको चरणबद्ध विरोधका कार्यक्रमहरु आयोजना गर्ने जानकारी दिएको छ ।

कुनै व्यक्तिको इगोलाई लिएर सरकारले कुनै प्रतिष्ठित व्यवसायीक घरनालाई पक्राउ गरेर समग्र उद्योग व्यवसायीलाई हतोत्साहित गर्ने काम गरेको उद्योग बाणिज्य संघ काठमाडौंका वरिष्ठ उपाध्यक्ष तथा उद्योग बाणिज्य महासंघका कार्यसमिति सदस्य हेमराज ढकालले जानकारी दिए ।

‘देशमा अर्बौं लगानी गरेर हजारौं रोजगारी सिर्जना गरेर करोडौंको कर राज्यलाई तिर्ने आएको कुनै पनि प्रतिष्ठित व्यवसायीक घरना भागेर जादैन,’ उनले भने, ‘विदेशबाट स्वदेश फर्कन लागेको एक प्रतिष्ठित व्यवसायीलाई राज्यले पक्राउ गरेर सरकारले सम्पूर्ण व्यवसायीलाई हतोत्साहित गरेको यसैको विरोधमा विहीबारदेखि चरणवद्ध आन्दोलनमा उत्रदैछौं ।’ साथै उक्त व्यवसायसँग नजोडिएको छोरीलाई समेत पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गर्नु ज्यादै निन्दनिय भएको उनले जानकारी दिए । सो विषयलाई लिएर आजै उद्योग बाणिज्य संघ काठमाठौंको कार्यसमितिको बैंठक बसेर आन्दोलनमा सशक्त कार्यक्रमहरु सार्वजनिक गरिने उनले जानकारी दिए ।

यसैगरी नाडा एशोसिएशन अफ नेपालका उपाध्यक्ष कृष्णप्रसाद दुलाल भने ज्योतिलाई पक्राउ गरेर सरकारले आफ्नै वेइजत गरेको बताए । ‘अहिले सरकार कुनै पनि व्यक्तिमाथी प्रतिसोध साध्ने काम गरेको छ,’ उनले भने, ‘दशौं हजार नेपालीलाई रोजगारी दिएर राज्य कराडौं राजस्व बुझाउँदै आएको उद्योगी माथी अपराधी जसरी प्रक्राउ गर्नु भनेको ज्यादै निन्दनीय छ ।’ ज्योति माथी भएको अन्यायका कारण अहिले सबै व्यवसायीले असुरक्षित महशुस गरिरहेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL