Logo

सुध्रिदै वैदेशिक व्यापार, निर्यात १४ प्रतिशतले बढ्दा व्यापार घाटा १२ प्रतिशतले खुम्चियो

सुध्रिदै वैदेशिक व्यापार, निर्यात १४ प्रतिशतले बढ्दा व्यापार घाटा १२ प्रतिशतले खुम्चियो



काठमाडौं । नेपालको वैदेशिक व्यापारमा सुधार आएको छ । नेपालको निर्यात बढेसँगै वैदेशिक व्यापारमा सुधार आएको हो ।

laxmi

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक बर्षको पहिलो ३ महिनामा तथ्याङ्क अनुसार निर्यात बढ्नुका साथै आयातमा गिरावट आएको छ । जसका कारण समग्र व्यापारघाटा समेत कमि आएको छ ।

तथ्याङ्क अनुसार सो अबधिमा नेपालले निर्यात १४ प्रतिशतले बढाउँदै २७ अर्ब १६ करोड रुपैयाँको बस्तु निर्यात गरेको छ । तर सोही अबधिमा नेपालले गर्ने आयात १० दशमलव ३४ प्रतिशतले खुम्चदै ३ खर्ब ३४ अर्ब रुपैयाँको बस्तु तथा सेवा आयात भएको छ ।

निर्यातमा भएको वृद्धि तथा आयात खुम्चिन पुग्दा नेपालको व्यापार घाटा समेत १२ प्रतिशतले घटेको छ । सो अबधिमा नेपालको व्यापार घाटा ३ खर्ब ७ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

सरकारले पछिल्लो समय निर्यातमा सहुलियत तथा विलासिताका वस्तु आयातमा कडाई गरेसँगै समग्र वैदेशिक व्यापारमा सुधार आएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । हाल सरकारले चिनी, जुस तथा इनर्जी ड्रिक्स आयातमा प्रतिवन्ध लगाएको छ भने विलासिताको सवारीसाधनमा कर वृद्धि गरेको छ ।

हाल नेपालले १ सय २२ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ । जसमध्ये सबैभन्दा बढि व्यापार भारतसँग हुँदै आएको छ । सो अबधिमा भारतबाट २ खर्ब ७ अर्ब ४१ करोड रुपैयाँ बराबरको आयात हुँदा १७ अर्ब ८७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL