Logo

ब्रेकिङ : पब्जी प्रतिबन्ध नगर्न सर्वाेच्चको अन्तरिम आदेश

ब्रेकिङ : पब्जी प्रतिबन्ध नगर्न सर्वाेच्चको अन्तरिम आदेश



काठमाडौं । नेपालमा पब्जी प्रतिवन्ध कार्यान्वयनमा नआउने भएको छ । शुक्रबार सर्वाेच्च अदालतले पब्जी प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेपछि पब्जी यथाशिघ्र प्रतिवन्ध नहुुने भएको हो ।

शुक्रबार न्यायाधीस ईश्वर खतिवडाको ईजलासले पब्जी प्रतिवन्धको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता प्रविण सुवेदीले पब्जीमाथीको प्रतिवन्ध गैर कानुनी भएको भन्दै सर्वाेच्चमा रिट हालेका थिए ।

केहि दिन अघिमात्रै काठमाडौं अदालतकै आदेशमा नेपाल प्रहरीले पब्जीलाई प्रतिवन्ध गर्न नेपाल दूरसंचार प्राधिकरणलाई निर्देशन दिएको थियो । सोही अनुसार प्राधिकरणले पनि सबै ईन्टरनेट सेवाप्रदायकलाई पब्जी सर्भरबाट रोक्न सर्कुलर जारी गरेको थियो ।

बालबालिका तथा युवापुस्तामा नकारात्मक असर परेको तथा विकृती फैलाएको भन्दै काठमाडौं अदालतमा आएका निवेदन अनुसार अदालतले नेपाल प्रहरीलाई उक्त अनलाईन गेम बन्द गर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL