Logo

आइकाओको सुरक्षा सुचीबाट हट्यो नेपाल, युरोपेली आकाशमा उड्न पाउने सम्भावना

आइकाओको सुरक्षा सुचीबाट हट्यो नेपाल, युरोपेली आकाशमा उड्न पाउने सम्भावना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अन्तरराष्ट्रिय नागरिक उड्यन संगठन (आइकाओ)ले नेपाल माथी लगाएको गम्भिर सुरक्षा चासोलाई हटाएको छ । नागरिक उड्ययन संगठनको गम्भिर सुरक्षा चासो सम्परिक्षण कमिटिको हिजो बसेको बैंठकले नेपाली हवाई उड्ययन क्षेत्रमा लगाएको गम्भिर सुरक्षा चासोलाई हटाउने निर्णय गरेको हो ।

आइकाओले नेपाली आकाशको अडिट गर्न केही समय अघि दुई सदस्यीय टोली नेपाल पठाएको थियो । आइकाओले विश्वव्यापी सुरक्षा सुपरिवेक्षण अडिट अन्तरगत आफ्ना सदस्य राष्ट्रहरुको सुरक्षा स्थितीको नियमित रुपमा मूल्याङ्कन गर्छ । सोही अन्तरगत आइकाओको सो टोलीले १ हप्ता लगाएर विभिन्न्न विषयमा नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) सँग अडिट गरेको थियो । सो अडिटमा चित्तबुझ्दो जवाफ आएपछि आइकाओले उक्त सुरक्षा सुचीबाट हटाइएको हो ।

अडिटको क्रममा आइकाओले दुई नेपाली अन्तरराष्ट्रिय वायुसेवा कम्पनी नेपाल एयर लाइसन्स र हिमालय एयरको समेत निरीक्षण भ्रमण गरेको थियो । ती वायुसेवा कम्पनीको सम्परिक्षण अध्ययन पश्चात उनीहरुले आइकाओले निर्धारण गरेको ६० प्रतिशतको मापदण्डभन्दा बढी हुन गई ६६ दशमलव ०८ प्रतिशत अंक प्राप्त गरेका छन् ।

आईकाओले सन् २००९ मा नेपालको ८ वटै क्षेत्रको उड्डयन सुरक्षा क्षेत्रको अडिट गरेको थियो । उक्त अडिटले औल्याएको कमीकमजोरीको सम्परिक्षण सन् २०१३ मा भएको थियो । जसमा ५५ प्रतिशत अंकमात्र प्राप्त गरेकाले नेपाललाई गम्भिर सुरक्षा सुचिमा राखेको थियो ।

आइकाओले नेपाललाई गम्भिर सुरक्षा चासोबाट हटाएसँगै क्यानले नेपाली जहाजलाई युरोपेली आकाशमा उड्न दिनका लागि पत्राचार गर्ने भएको छ । सो पत्राचारसँगै युरोपियन युनियनले यस अघि नेपाल माथी लगाएको कालो सुची हटाउने सम्भावना रहेको क्यानले जानकारी दिएको छ । यूरोपिएन युनियनले कालो सुचिबाट हटाएसँगै नेपालबाट अन्तरराष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले युरोपको उडान भर्न पाउनेछन् ।

इयुको कालोसूचीमा नेपालसहित अफगानिस्तान, कङ्गो, अंगोला, इन्डोनेसिया, लाइवेरिया, मोजाम्विक, सिरियालियोन, इरान, इराक लगायतका देशका वायुसेवा सञ्चालक रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL