Logo

कोरोना बढेसँगै काठमाडौं प्रवेशमा रोक, अन्तर जिल्ला सवारी पास बन्द गर्न गृहको निर्देशन

कोरोना बढेसँगै काठमाडौं प्रवेशमा रोक, अन्तर जिल्ला सवारी पास बन्द गर्न गृहको निर्देशन



काठमाडौं । गृह मन्त्रालयले अबदेखि राती काठमाडौं प्रवेशमा पुर्ण निशेध गरेको छ । पछिल्लो समय काठमाडौं भित्रिने विभिन्न नाकाहरुबाट आउने यात्रुमा कोरोना संक्रमण रहेको पाईएपछि मन्त्रालयले यस्तो कदम उठाएको हो । काठमाडौं आउने यात्रुहरुको पुर्ण रुपमा कोरोना परिक्षण गरिसकेपछि मात्रै प्रवेश गर्न दिने भन्दै गृह मन्त्रालयले यस्तो कदम उठाएको जानकारी दिएको छ ।

laxmi

गृह मन्त्रालयका अनुसार साउन १५ गतेदेखि साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म प्रवेशमा पुर्ण प्रतिबन्ध लगाईएको हो । तर उक्त समयमा ढुवानी सेवाका सम्पुर्ण सवारीसाधन भने प्रवेश गर्न पाउनेछन् ।

यस्तै मन्त्रालयले अन्तरजिल्ला सवारीसाधनमा समेत पुण प्रतिबन्ध लगाउन निर्देशन दिएको छ । अबदेखि अन्तरजिल्ला सवारीपास पनि पुर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL