Logo

ढकाल समुहको दबाबपछि महासंघले बोलायो साउन २१ मा कार्यसमिति बैंठक, अख्तियारको पत्रपछि नैतिक संकटमा अध्यक्ष राणा

ढकाल समुहको दबाबपछि महासंघले बोलायो साउन २१ मा कार्यसमिति बैंठक, अख्तियारको पत्रपछि नैतिक संकटमा अध्यक्ष राणा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले यहि साउन २१ गतेका लागि कार्यसमिति बैंठक बोलाएको छ । महासंघको यहि २६ र २७ गते हुने भनिभएको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन अध्यक्ष भवानी तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान पक्षले स्थगित गरेपछि वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार चन्द्रप्रसाद ढकाल पक्षले ७ दिनभित्र कार्यसमिति बैंठक बोलाउन माग गर्दै २२ जना सदस्यको हस्ताक्षर सहित निवेदन दर्ता गराएका थिए ।

ढकाल पक्षले ७ दिनभित्र कार्यसमित बैंठक बोलाउन माग गरेपनि अध्यक्ष राणाले भने १५ पछि मात्र बैंठक आब्हान गरेको महासंघ स्रोतले जानकारी दिएको छ । महासंघको यहि साउन २६ र २७ गते हुने निर्वाचन अध्यक्ष भवानी राणा, निवर्तमान अध्यक्ष पशुपति मुरारका लगायतल पदाधिकारीको बहुमतले पूर्व अध्यक्षहरुको सल्लाह अनुरुप भन्दै विधान विपरित स्थगित गर्ने निर्णय गरेपछि ढकाल पक्ष आक्रोशित भएका थिए ।

महासंंघले साउन २१ गते बैंठकका लागि पनि महासंघको ५४ औं साधारणसभा सम्बन्धमा भन्दै एक बुँदे एजेण्डा राखेर पत्र आएको एक कार्यसमिति सदस्यले जानकारी दिए । ‘महासंघले साउन २१ गतेका लागि भर्चुअल मिटिङ भन्दै पत्र पठाएको छ,’ ती सदस्यले भने, ‘सम्भवत उक्त बैंठकले भदौंको तेस्रोत हप्ता निर्वाचन हुने गरी मिति तय गर्नेछ ।’

यस अघि महासंघ अध्यक्ष राणा तत्काल निर्वाचन नगरी यहिँ कार्यसमितिलाई केही समयका लागि भएपनि निरन्तरता दिने पक्षमा थिईन । तर, पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महासंघभित्र चरम भ्रष्टाचार भएको भन्दै छानविनका लागि यथेष्ठ कागजात उपलब्ध गराईदिन पुनः पत्र काटेपटि अध्यक्ष राणा नैतिक संकटमा परेर तत्कालै निर्वाचन गराएर आफु बाहिरिने पक्षमा रहेको महासंघ सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

अध्यक्ष राणा ९ बर्षसम्म सभापति भएको महासंघ अन्तरगतको कृषि उद्यम केन्द्रमा चरम भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारले छानविन प्रक्रिया अघि बढाएको थियो । तर छानविनका क्रममा खर्चको विल भौचर तथा खर्च गरेको कुनै आधार नभेटिएपछि पुनः थप कागजात उपलब्ध गराउन कृषि उद्यम केन्द्रलाई अख्तियारले ताकेता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This