Logo

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५१६ पुग्यो

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५१६ पुग्यो



काठमाडौं । कोरोना भाईरसबाट ९ जना संक्रमित थपिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो अध्यावधिक अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौंडामा गरिएको परीक्षण अनुसार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उक्त थप संक्रमितसँगै संक्रमितको संख्या ५१६ पुगेको छ । संक्रमितहरु मकवानपुर, भक्तपुर, सप्तरी र बारा जिल्लाको रहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ७ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शुक्रबार बिहान ३०, दिउँसो २० जना र बेलुका ९ जना गरि शुक्रबार मात्रै ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL