Logo

शुक्रबार एकै दिन ५० जनामा देखियो कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए ?

शुक्रबार एकै दिन ५० जनामा देखियो कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए ?



काठमाडौं । शुक्रबार पुनः २० जना संक्रमित थपिएको छ । सेति प्रादेशीक अस्पतालमा गरिएको परीक्षण अनुसार ति संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

laxmi

मन्त्रालयका अनुसार कैलालीका ३ जना, डढेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेको छ भने मोरङका १ जना पुरुषमासमेत कोरोना संक्रमित देखिएको छ ।

यो सँगै संक्रमितको संख्या ५०७ पुगेको छ । यस अघि शुक्रबार बिहान ३० जनामा कोरोना संक्रमित देखिएको थियो । उक्त थपसँगै शुक्रबार मात्रै ४९ जनामा कोरोना संक्रमित देखिएको छ ।

शुक्रबार बिहान कोरोना संक्रमण पुष्टि भएका जिल्लाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीका ३० जनामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL