Logo

संविधान संशोधन गर्ने मन्त्रिपरिषदको निर्णय, संसदमा पेश गरिदै

संविधान संशोधन गर्ने मन्त्रिपरिषदको निर्णय, संसदमा पेश गरिदै



काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।

laxmi

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो । सरकारले सोमबार मात्र नयाँ नक्सा पारित गरेको थियो भने बिहीबार सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL