Logo

लुम्बिनी, भैरहवा क्षेत्रमा विद्युत् चुहावट घट्दा पनि प्रतिमहिना सवा ३ करोडको चुहावट

लुम्बिनी, भैरहवा क्षेत्रमा विद्युत् चुहावट घट्दा पनि प्रतिमहिना सवा ३ करोडको चुहावट



काठमाडौं । विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले लुम्बिनी, भैरहवा क्षेत्रमा गत साउनदेखि मङ्सिर मसान्तसम्मर एक करोड ८० लाख युनिट विद्युत् चुहावट भएको जनाएको छ । उक्त युनिट बराबर रु १७ करोड हुन्छ । प्रतिमहिना सवा तीन करोड मूल्य बराबरको विद्युत् चुहावट हुने गरेको छ ।

केन्द्रका प्रमुख जितेन्द्रकुमार झाका अनुसार गत साउनमा ७९ लाख युनिट चुहावट भएकोमा मङ्सिरमा १५ लाख युनिट पुगेको छ ।चुहावटमा प्राविधिकतर्फ ५० र अप्राविधिकतर्फ ५० प्रतिशत हुने गरेको छ । प्राविधिक भन्नाले तारमा करेन्ट बगेर हुने र अप्राविधिक भन्नाले हुकिङ, मिटर बाइपास, डिमान्ड चुहावट हो ।

चालू वर्षमा बाइपास मिटर गरेका ४५ र हुकिङमा सङ्लग्न पाँच गरी ५० जनालाई कारवाही गरिएको झाले बताए । उनले भने, ‘चुहावट गर्ने घटेका छन्, गत मङ्सिरसम्म ५० जनालाई कारवाही गरी रु १२ लाख असुली भएको छ ।’

भैरहवा, लुम्बिनी र धकधई क्षेत्रमा मासिक आयात युनिट दुई करोड ५६ लाख १२ हजार छ । बिक्री युनिट दुई करोड ३९ लाख ८९ हजार छ । केन्द्रमार्फत ७२ हजार ग्राहक लाभान्वित छन् । रासस

प्रतिक्रिया दिनुहोस्
MBL