Logo

अमेरिकाको केन्द्रीय बैंक फेड परिवर्तनका लागि दिशा बदल्न तयार, ब्याजदर राम्रो रहेको जिकिर

अमेरिकाको केन्द्रीय बैंक फेड परिवर्तनका लागि दिशा बदल्न तयार, ब्याजदर राम्रो रहेको जिकिर



काठमाडौं । संयुक्त राज्य अमेरिकाको केन्द्रीय बैंक (फेडरल रिजर्व) ले अमेरिकी अर्थतन्त्रको माग अनुसार कार्यदिशा निर्धारण गर्न तयार रहेको बताएको छ ।

laxmi

‘अमेरिकी ब्याज दरहरू अहिलेका लागि राम्रो स्थानमा छन् तर अर्थतन्त्रले माग गरेको खण्डमा नीति निर्माताहरूले कार्यदिशालाई बदल्न तयार छन्,” फेडरल रिजर्भका उपप्रमुख रिचार्ड क्लारिडाले बिहीबार एक कार्यक्रममा बताए ।

उपाध्यक्ष रिचार्ड क्लारिडाले भने, ‘सन् २०१९ मा तीन पटकसम्मको ब्याजदर परिवर्तन (कटौती) पछि अमेरिकी मौद्रिक नीति राम्रो अवस्थामा आएको छ । अमेरिकी आर्थिक वृद्धिका लागि आवश्यक योगदान गर्नुपरेमा परिवर्तन जारी रहनेछ ।’

‘यदि अमेरिकाले आर्थिक दृष्टिकोण परिवर्तन गर्यो भने हामी तदनुसार प्रतिक्रिया दिनेछौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL