Logo

के मन्त्रिमण्डल पुनर्गठनमा पैसाको लेनदेन भयो ? नेकपाकै नेता भन्छन–लेनदेन भयो, लज्जित छौं

के मन्त्रिमण्डल पुनर्गठनमा पैसाको लेनदेन भयो ? नेकपाकै नेता भन्छन–लेनदेन भयो, लज्जित छौं



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको मन्त्रिमण्डल हेरफेर लेनदेनको आधारमा भएको भन्दै नेकपाकै एक नेताले कडा आलोचना गरेका छन् ।

laxmi

नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभू साहले कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको आरोप लगाएका छन् ।


उनले सामाजिक सञ्जालमार्फत ‘कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो’ भनेका छन्, ‘मन्त्री हटाउदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन ।’

मन्त्रीको आकांक्षी उनले योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको कार्यशैलीले लज्जित बनाएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL