Logo

सकियो एनआरएनएको मतदान, खस्यो २ हजार ३४४ मत

सकियो एनआरएनएको मतदान, खस्यो २ हजार ३४४ मत



काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएनए) को मतदान प्रक्रिया सकिएको छ । पटकपटकको विरोधका वावजुद मतदान प्रक्रिया सम्पन्न भएको हो ।

laxmi

बुधबार विद्युतीय भोटिङ मेसिनबाट मतदान हुने भनिएपनि भोटिङका लागि प्रयोगमा ल्याइएको भोटिङ मेसिनले काम नगरेपछि कागजी प्रक्रियाबाटै मतदान सुरु गरिएको थियो । निर्वाचन कमिटिका सह संयोजक केपी पाण्डेका अनुसार बिहानै बाट सुरु गरिएको निर्वाचनको अन्तिमसम्ममा २ हजार ३ सय ४४ जनाले मतदान गरेका छन ।

एआरएनको निर्वाचन बुधबार नै हुनेगरी कार्यतालिक सार्वजनिक गरिएको थियो । तर निर्वाचनमा होमिएका दुई पक्षबीच ‘ग्याङफाइट’ परेपछि मतदान सारिएको थियो । यस अघि एनआएनएको निर्वाचनमा आन्तरिक रुपमा पार्टीगत उम्मेदवार भएपनि बाह्य रुपमा स्वतन्त्र रुपमा निर्वाचनमा भाग लिँदै आएका थिए । तर, यस पटकको निर्वाचनमा दुबै उम्मेदवारहरु नेकपा र नेपाली कांग्रेसको ट्याग झुण्ड्याएर चुनावी मैदानमा होमिएका थिए ।

जसका कारण दुबै पक्षबीच झगडा भई बुधबार निर्वाचन स्थल ह्यात होटल समेत तोडफोड भएको थियो । दुबै पक्षको लफडाको बावजुद बुधबार करिब १ सय जनाले विद्युतीय मेसिनबाबाटै मतदान गरेका थिए । तर प्राविधिक समस्या आएको भन्दै राति ११ बजे मतदान रोकिएको थियो ।

एनआरएनएले विद्युतीय भोटिङका लागि कुल ३६ वटा मेसिन ल्याएको थियो । जसमध्ये २ वटाले मात्रै काम गरेको भन्दै निर्वाचन समितिले अब कागजी प्रक्रियाबाट मतदान सुरु गरेको गरेको थियो ।
एनआएनको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा नेकपाको तर्फबाट कुमार पन्त र नेपाली काग्रेसको तर्फबाट कुल आचार्यको तर्फबाट प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL