Logo

दशैंको टिकाको साइत बिहान १० : ३५ बजे

दशैंको टिकाको साइत बिहान १० : ३५ बजे



काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको निर्णय अनुसार असोज १२ गते परेको घटस्थापनाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ ।

असोज २१ गते मंगलवार विजया दशमीका दिन बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको उत्तम साइत रहेको समितिले जनाएको छ ।

यस्तै देवी विसर्जनपछि टीका लगाउने उपयुक्त समय भने बिहान १० बजेर ३५ मिनेटमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL