Logo

संघीयता कार्यान्वयन प्रभावकारी ढंगले अघि बढेको छ : अर्थमन्त्री डा. खतिवडा

संघीयता कार्यान्वयन प्रभावकारी ढंगले अघि बढेको छ : अर्थमन्त्री डा. खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय संघीयता कार्यान्वयन प्रभावकारी ढंगले अघि बढिरहेको बताएका छन । अर्थमन्त्रलायमा बुधबार डिएफआईडीका स्थायी सचिव म्याथ्यु जोन राईक्राफ्टसँग भएको भेटमा उनले संस्थागत व्यवस्था अन्य अधिकार र कर्तव्यको बाँडफाँड भईसकेकोले यो प्रभावकारी ढंगले अघि बढेको बताएका हुन ।

laxmi

भेटमा अर्थमन्त्री डा. खतिवडाले स्थानीय तहमा न्यायिक पद्धति क्षमता विकासको अभावलाई सुधार गर्न सरकार लागि परेको समेत जानकारी दिएका छन ।

उनले देश एकात्मक शासन व्यवस्थाबाट संघात्मक पद्धतिमा रुपान्तरण भएकोले साधन स्रोतको हिस्सेदार, अधिकार र कर्तव्य सन्तुलित रुपमा व्यवस्थापन गरी कार्यान्वयनको चरण भएको बताएका छन ।

उनले संघीय संरचना बमोजिम प्राकृतिक स्रोत र साधनको यथोचित बाँडफाँड गरी तीनै तहमा कार्यक्रम खर्च र लेखा प्रणालीलाई व्यवस्थित गर्ने प्रयास गरिएको जानकारी दिएका छन ।

मन्त्री खतिवडाले संघीय संरचनामा नेपालको नयाँ अनुभव भएकाले संघात्मक व्यवस्थालाई कार्यान्वयन गर्न छोटो समयमै वित्तीय संघीयता, कानूनी र नीतिगत आधारहरु निर्माण गरिसकिएको स्पष्ट पारेका छन ।

भूकम्पपछिको पुनर्निर्माणले सन्तोषजनक रुपमा गतिलिएको भन्दै यसै वर्ष निजी आवास सम्पन्न भई सक्ने स्पष्ट परेका छन । मन्त्री खतिवडाले बाँकी रहेका सरकारी भवन, संस्था, सम्पदालगायतका क्षेत्रको पुनर्निर्माण गर्न समेत सरकार लागि परेको जानकारी दिएका छन ।

भेटमा डिएफआईडिका स्थायी सचिव राइक्रफ्टले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न आफुहरु तयार रहेको बताएका छन । उनले संघीयता कार्यान्वयनका लागि तयार भएका कानून तथा नीतिहरुको प्रभावकारी रुपमा व्यवहारिक कार्यान्वयनका चरणमा देखा पर्न सक्ने समस्याहरुलाई बेलायत सरकार सघाउन तयार रहेको बताएका छन ।

उनले नेपाल र बेलायत सरकारबीच दोहोरो कर मुक्ति सम्झौता गर्ने प्रक्रियालाई समेत अगाडि बढाउने बताएका छन ।

राइक्रफ्टले नेपालको विकासमा बेलायत सरकारसँगै रहेको भन्दै दुई देशबीचको कूटनीतिक सम्बन्ध २ सय वर्षभन्दा बढि भएको बताएका छन ।

नेपाललाई हरेक समय बेलायत सहयोग गर्न चाहेको भन्दै भेटमा दुवै पक्षले सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा सहकार्य गर्न तयार भएको बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL