Logo

रमजानमा कतार एयरवेजको सामाजिक उत्तरदायित्व, विपन्नलाई खाद्य सामग्री हस्तान्तरण

रमजानमा कतार एयरवेजको सामाजिक उत्तरदायित्व, विपन्नलाई खाद्य सामग्री हस्तान्तरण



काठमाडौं । मुस्लिम पर्व रमजानको अवसरमा कतार च्यारिटी र कतार एयरवेजको सहकार्यमा काठमाण्डौका दुई सय बिपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । रमजान फूड प्याकेट डिस्ट्रीब्यूशनु कार्यक्रम अन्तर्गत गरीब, विधुवा, अनाथ, असहाय पीड़ित घरपरिवारलाई प्राथमिकता दिएर प्रति परिवार २५ केजी चामल ,५ केजी पिठो, ३ केजी चना , ३ केजी चीनी ,५ लीटर तेल र १ केजी नुन सहितको खाद्यान्न सामग्री वितरण गरिएको हो ।

कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्शाद अलि शेखले खाद्यान्न सामग्रीले बिपन्न परिवारका केहि आवश्यकता भएपनि पुरा हुने बताए। दशैं तिहार, रमजान, इद जस्ता चाडपर्वमा सबैका आ आफ्ना आवश्यकता हुने बताउदै ति आवश्यकता पुरा हुन नसक्दा कहिलेकाहीं मानिसले चोरी डकैति गर्न समेत पछि नपर्ने भएकाले नहुनेलाई सहयोग गर्नु मानवीय जिम्मेवारी भएको शेखले बताए।

अरब देशको सबै भन्दा ठुलो दातृ निकाय कतार च्यारिटीले कतार एयरवेजको सहकार्यमा ग्रामीण विकास केन्द्र मार्फत उक्त सहयोग गरेको शेखले बताए। कार्यक्रममा कतार एयरवेजका ‘कन्ट्री म्यानेजर’ मोहम्मद अल इमामका साथै कतार च्यारिटीका अब्दुल अजीज अलथानीको उपस्थिति रहेको थियो ।

कतार च्यारिटीले बिगत दुई बर्षदेखि नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ। च्यारिटीले शिक्षा क्षेत्रमा अनाथ तथा कमजोर आर्थिक अवस्था भएकालाई छात्रवृत्ति, अस्पताललाई उपकरण सहयोग, बिद्यालयहरुमा चर्पी लगायतका आवश्यक पूर्वधार निर्माण, कम्जोर आर्थिक अवस्था भएकालाई बिभिन्न प्रकारका आर्थिक सहयोग गर्दै आएको छ।
च्यारिटीले केहि महिनाअघि मात्रै मुस्लिम र गैरमुस्लिम समुदायमा पूँजि परिचलान गर्न सक्ने क्षमता विकास गर्नलाई काठमाण्डौका बिपन्न परिवारहरुलाई पसल खोलिदिएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL