Logo

एनआरएन ओसेनिया क्षेत्रीय बैठक, भिजिट नेपाल २०२० सफल बनाउन प्रवर्द्धनात्मक कार्यक्रम संचालन

एनआरएन ओसेनिया क्षेत्रीय बैठक, भिजिट नेपाल २०२० सफल बनाउन प्रवर्द्धनात्मक कार्यक्रम संचालन



काठमाडौं । गैर आवासिय नेपाली संघले भ्रमण बर्ष २०२० सफल बनाउन प्रवर्द्धनात्मक कार्यक्रम गर्ने भएको छ । अष्ट्रेलियाको सिड्नीमा बसेको २ दिने बैठकले नेपाल सरकारद्वारा घोषणा गरिएको भ्रमण वर्ष २०२० लाई सफल बनाउन ‘नेपाल प्रबर्दन बर्ष २०१९’ अभियानलाई बिभिन्न प्रबर्धनातमक कार्यक्रम संचालन गरि भ्रमण वर्ष २०२० लाई सफल बनाउने निर्णय गरेको हो ।

laxmi

यस्तै उक्त बैठकमा आवश्यक कÞानून निर्माण गरी तत्काल गैरआवासीय नेपाली नागरीकता वितरण गर्न र नागरिकता प्राप्त व्यक्तिले अन्य सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरीको सम्पूर्ण ब्यबस्था ऐनमै गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

गैर आवासीय नेपाली संघ तेस्रो ओसेनिया क्षेत्रीय बैठक मे ११ र १२ का दिन अस्ट्रेलियाको सिड्नीमा नेपाल सरकारका न्याय, कानुन तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालका अतिथ्यतामा भएको छ ।

अस्ट्रेलियन सरकारका केद्रिय अद्यागमन मन्त्री डेभिड कोलमनको बिशेष उपस्तिथिमा सम्पन्न भएको उक्त बैठकमा नेपालका प्रदेश सांसद बिष्णु पन्थी, अस्ट्रेलियाका सिनेटर क्लेयर मुर, संघका अध्यक्ष भबन भट्ट, निबर्तमान अध्यक्ष डा. शेष घले संघका पधादिकारी तथा मानार्थ समिति सदस्यहरु सहित १४ राष्ट्रका ३ सय भन्दा बढीको सहभागिता रहेको थियो ।

उक्त बैठकले गैर आवासीय नेपालीहरुको सामुहिक लगानीलाई जलबिध्युत, लगायतका परियोजनाहरुमा सक्दो लगानी गर्ने लगायतका निर्णयहरु गरेको छ ।

उक्त बैठकमा गरिएका निर्णहरु यस्ता छन :

– महिला शशक्तिकरण अभियानको थालनी र महिला उध्यमसिलतालाई प्रोत्साहन दिन कार्ययोजना अगाडी बढाउने निर्णय गरियो । स्वदेश तथा विदेशमा हुने घरेलु हिंसा विरुद्ध जन चेतना अभियान संचालन गर्दै गैरआवासीय नेपाली अभियानको मुलधारमा महिला सहभागिताको सुनिस्चितता गराउने निर्णय गरियो ।

–गैरआवासीय नेपाली संघले नलेज सिटी र एकेडेमीको प्रस्ताबलाई आत्मसाथ गरि कार्यान्यन गर्न प्रमुख भूमिका खेल्ने र विदेशमा रहेका नेपाली ज्ञाताहरुको सिप, ज्ञान र प्रबिधीलाई नेपालको बिकाशमा लगानी गर्ने वातावारण बनाउने निर्णय गरियो ।

– नेपाल र अस्ट्रेलिया बीचमा आपसी सहयोग सद्भावलाई कायम राख्न असीमेड फाउन्डेसन अष्ट्रेलिया र नेपाल साईन्स फाउन्डेसन, एनआरुएनए बीचमा सहकार्य गर्ने निर्णय गर्दै आपसी सम्झौतामा हस्ताक्षर सम्पन्न भयो ।

– ओसेनिया क्षेत्रमा बसोबास गर्ने युवा तथा दोस्रो पुस्तालाई गैरआवासीय नेपाली अभियानको मुलधारमा समाहित गर्न उनीहरुका निम्ति उपयोगी र आकर्षण गर्न सकिने कार्यक्रमहरु तय हुनु पर्ने महसुश गरि आगामी दिनमा एस तर्फ बिशेष ध्यान दिनुका साथै एस क्षेत्रका गैरअवासीय नेपाली बालबालिकालाई नेपाली भाषा सस्कार संस्कृति सिकाउने कार्यक्रमहरु तय गर्ने निर्णय गरियो ।

– आवश्यक कÞानून निर्माण गरी तत्काल गैरआवासीय नेपाली नागरीकता वितरण गर्न र नागरिकता प्राप्त व्यक्तिले अन्य सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरीको सम्पूर्ण ब्यबस्था ऐनमै गर्न यो बैठक सम्बधित निकायलाई अनुरोध गर्दछ ।

– अस्ट्रेलियन सरकार तथा राजनीतिक दलहरुको नेपाली समाज संग सहयोग र सहकार्य गर्ने प्रतिबद्ताको यो बैठक स्वागत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL