Logo

थपिए ११ मन्त्री र ४ राज्यमन्त्री, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?(सूचीसहित)

थपिए ११ मन्त्री र ४ राज्यमन्त्री, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?(सूचीसहित)


बिजखबर संवाददाता
8.6k
Shares

काठमाडौं । सरकारले शुक्रबार तेस्रो पटक मन्त्रीमण्डल विस्तार गरेको छ । सरकारले आज ११ मन्त्री थप्दै मन्त्रीपरिषद् विस्तार गरेको हो । यसैगरी आज भएको मन्त्रिपरिषद् विस्तारमा ४ राज्यमन्त्री समेत थपिएका छन् ।

जस अनुसार नेकपा एमालेले ६ मन्त्री र २ राज्यमन्त्री थपेको छ भने माओवादी केन्द्रले ५ मन्त्री र १ राज्य मन्त्रीलाई सरकारमा पठाएको छ । उनीहरुलाई आजै राष्टपति निवास शितल निवासमा शपथ खुवाइएको छ । यससँगै वली सरकारको २२ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ ।

एमालेको तर्फबाट प्रदिप ज्ञवाली परराष्ट्र, गोकर्ण विष्टलाई श्रम तथा रोजगार, रविन्द्र अधिकारी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री, रघुवीर महासेठ भौतिक पुर्वाधार तथा यातायात, शेरबहादुर तामाङ कानुन र जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्री बनाइएको छ । साथै गोकुल बास्कोटालाई भने सुचना तथा संचार राज्य मन्त्री र पद्यमा अर्याललाई स्वास्थ्य राज्य मन्त्री बनाइएको छ ।

यस्तै यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालनेका लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी माओवादी केन्द्रका तर्फबाट माओवादीबाट वर्षमान पुन ऊर्जा तथा जलस्रोत, गिरिराजमणि पोखरेल शिक्षा, शक्ति बस्नेत वन तथा वातावरण, चक्रपाणि खनाल कृषि तथा शहकारी र विना मगर खानेपानी मन्त्री बनेका छन् । यसैगरी माओवादीबाट रामकुमारी चौधरी कृषि राज्य मन्त्री भएकी छिन् । यसैगरी राज्य मन्त्रीमा धनबहादुर वुढा पनि थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL