Logo

कोरोनाले अटोमोबाइल उद्योगमा संकट, मारुती सुजुकी कम्पनी १५ वर्षयता पहिलो पटक घाटामा

कोरोनाले अटोमोबाइल उद्योगमा संकट, मारुती सुजुकी कम्पनी १५ वर्षयता पहिलो पटक घाटामा



काठमाडौं । भारतको सबै भन्दा ठूलो अटोमोबाइल कम्पनी मारुति सुजुकी इन्डिया १५ वर्ष यता पहिलो पटक त्रैमासिक घाटामा गएको छ । कोरोना लकडाउनको कारण कम्पनीको उत्पादन र बिक्रीमा प्रभाव परेको छ । ३० जुनमा पुरा हुने त्रैमासिकमा कम्पनिलाई २.४९ अर्ब भारतीय रुपैयाँ घाटा भएको छ ।

laxmi

पछिल्लो वर्ष यसै अवधिको क्रममा कम्पनिले १४.३६ अर्ब भारतीय रूपैयाँ नाफा कमाएको थियो । वित्तीय वर्ष २०२०–२१ को पहिलो त्रैमासिकको प्रतिवेदन अनुसार कम्पनिको बिक्रिमा पछिल्लो वर्षको तुलनामा ८० प्रतिशतको गिरावट दर्ता गरिएको छ ।

यस वर्षको पहिलो त्रैमासिकमा कम्पनीले करिब ७६ हजार पाँच सय ९९ सय गाडी बिक्रि गरेको छ । कम्पनिको अनुसार लकडाउनको कारण २२ मार्चमा उत्पादन रोक लगाएको थियो, त्यसैले बिक्रिको तथ्यांक राम्रो नभएको बताएको छ ।

कोरोना महामारीले गर्दा भारतमा मार्च २५ देखि जारी लकडाउनका कारण कम्पनीले अप्रिल महिनामा एउटा कार पनि बिक्रि नभएको बताएको थियो ।
उक्त अवधिमा मारुतीले ६३२ कार बाहिर निर्यात गरेको जानकारी दिएको छ । मारुतीको मार्चमा समेत बिक्रिमा ठुलो गिरावट आएको थियो । मार्चमा मारुतीले घरेलु बजारमा ७९ हजार ८० युनिट कार बिक्रि गरेको थियो जुन अघिल्लो बर्षको मार्चको तुलनामा ४७।४ प्रतिशतले कमि हो ।

मारुतीले औसतमा हरेक महिना एक लाख ५० हजार युनिट कार निर्माण गर्ने गर्दछ । मारुतीका चेयरमेन आरसी भार्गवले यस अघि नै अप्रिल महिनामा कम्पनीको बिक्रि शुन्य हुनसक्ने आशंका व्यक्त गरेका थिए ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL