Logo

३ महिनापछि खुलेको बजारमा १२ अंकको गिरावट, ४८ करोड ५३ लाखको कारोबार

३ महिनापछि खुलेको बजारमा १२ अंकको गिरावट, ४८ करोड ५३ लाखको कारोबार



काठमाडौं । ३ महिनापछि खुलेको सेयर बजारमा सोमबार १२ दशमलव ८७ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्स्चेन्च नेप्से परिसुचक १२ दशमलव ८७ अंकले घट्दै ११ सय ८८ को विन्दुमा आएर अड्किएको हो । कारोबार भएको पहिलो घण्टामा नेगेटिभ सर्किट लागेर २० मिनेट कारोबार स्थगित भएको बजारमा उत्पादनमुलक, जिवन बीमा तथा अन्य समुहका बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् ।

laxmi

दिउँसो ५१ अंकसम्म घटेको सेयर बजारमा सबैभन्दा बढी निर्जिवन बीमा समुहको परिसुचक ओरालो लागेको छ । नेप्सेका अनुसार उक्त समुहको परिसुचक सोमबार १ सय १ अंकले घटेको हो ।

यस्तै विकास बैंक समुहको परिसुचक भने ६३ अंकले घट्दा बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक २५ अंकले ओरालो लागेको छ । यस्तै उत्पादनमुलक समुहको परिसुचकमा सोमबार १ सय २ अंकको वृद्धि भएकोमा जिवन बीमा समुहको परिसुचकमा २ सय ३७ अंकको वृद्धि भएको छ ।

सोमबार दिनभरी १ सय ३० कम्पनीका ९ लाख ७६ हजार ७० हजार कित्ता सेयर किनवेच भएका छन । जसबाट कुल ४८ करोड ५३ लाख १५ हजार ६ सय २७ रुपैयाँको कारोबार भएको छ । सोमबार बजार नेप्सेको निर्णय बमोजिम ४ घण्टा मात्रै संचालनमा ल्याईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL