Logo

डोल्मा ईम्प्याक्टको १२ करोड लगानी सस्तोडिलमा, उपत्यका बाहिर सेवा विस्तार गरिँदै

डोल्मा ईम्प्याक्टको १२ करोड लगानी सस्तोडिलमा, उपत्यका बाहिर सेवा विस्तार गरिँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालको इकर्मस कम्पनी सस्तोडिल डटकममा थप १२ करोड लगानी थपिएको छ । डोल्मा इम्प्याक्ट कोषको लगानी थपिने भएको हो । हाल चलिरहेको लगानी जुटाउने काम अन्तर्गत सस्तोडिलले अन्य शेयरधनिहरु सँगसँगै डोल्मा इम्प्याक्ट फण्डबाट पनि कोष संकलन गरेको हो । उक्त लगानी कम्पनीको वार्षिक आम्दानी आगामी १८ महिनामा रु एक अर्व पुर्याउने ‘माइलस्टोन’ लक्ष्य हाासिल गर्न प्रयोग गरिने कम्पनीको भनाई छ ।

कोभिड–१९ को प्रभाव पर्नु भन्दा अगाडी कम्पनीको बृद्धि ३ सय प्रतिशतको हाराहारीमा भएको सस्तोडिलका निर्देशक एवं सिइओ अमुन थापाले जानकारी दिए । यस्तै यसबीचमा कम्पनीका नयाँ ग्राहकहरु पनि सोही अनुसार बढीरहका छन् ।
डोल्मा इम्प्याक्ट कोष, नेपालमा पहिलो अन्तर्राष्ट्रिय निजी इक्विटी कोष लगानीकर्ताको रुपमा परिचित छ । सो कोष सस्तोडिलको पहिलेदेखि नै एक शेयरधनिको रुपमा रहेको थियो । उक्त कोषले सस्तोडिलको लगानी वृद्धि गर्नको लागि अन्य शेयरधनीहरुसँगै एउटा महत्वपूर्ण लगानीलाई अनुमोदन गरेका छन्। । उक्त कोष वृद्धिले उत्पादनको वर्गिकरण, नयाँ प्रतिभालाई स्थान, कोर अपरेशन, विक्रेता सशक्तिकरण र नेपालका अन्य क्षेत्रहरुमा सेवा विस्तार लगायतका क्षेत्रहरुलाई समेट्ने थापाले बताए।

काठमाडौं बाहिरका उपभोक्तालाई मध्यनजर गर्दै थापाले भने, ‘लकडाउनको बेलामा काठमाडौं उपत्यका भित्रका ग्राहकहरुलाई सेवा सीमित गर्नु पर्‍यो । यसर्थ यस लगानीले हामीलाई काठमाडौं भित्र र बाहिरका दुबै उपभोक्ता र व्यवसायि माझमा सेवा लिएर जान मद्दत गर्नेछ।’

खुद्रा ब्यवसायको तुलनामा ई–कमर्स अझै पनि अल्पसंख्यकको रुपमा रहेको छ । तर जसरी भारत र बाँकी विश्वमा यो उद्योग स्थापना हुँदैछ, नेपालमा पनि यस्तै छनक देख्न सकिन्छ । वालमार्ट, विश्वको सबैभन्दा ठूलो रिटेलरले भारतको अग्रणी ई–कमर्स कम्पनी फ्लिपकार्टमा १६ अर्व डलरको लगानी गरेको छ । हालसालै अम्बानीको जियो रिलायन्स पनि ई–कमर्स तर्फ आबद्ध भएर अहिले फण्ड जुटाउने तिर लागेका छन्।

‘ई–कमर्स भारत र विश्वभरको लगानीको लागि एउटा राम्रो आकर्षण होे र हामी अहिले नेपालमा पनि यस्तै प्रवृत्ति को विकास भएको देख्न सक्छौं’ सिइओ थापा भन्छन् ।
बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्
MBL