Logo

आईएमईको ‘आईएमई घरमै’ योजना, घरै बसेर १ लाख जित्ने मौका

आईएमईको ‘आईएमई घरमै’ योजना, घरै बसेर १ लाख जित्ने मौका



काठमाडौं । आइएमई लिमिटेडले घरमै १ लाख जित्ने उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले लकडाउनमा घरबाहीर ननिस्की गरिने रेमिट्यान्सलाई प्रवर्द्धन गर्न ‘आईएमई घरमै’ योजना सार्वजनिक गरेको हो ।

उक्त योजना अनुसार जेठ ३१ गतेबाट सुरू गरिएको “आइएमई घरमै” उपहार योजनाबाट आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । यस्तै हरेक हप्ता ५ जनालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ । सेवाग्राहीमुखी यो योजना असारको अन्त्यसम्मका लािग लागु गरिएको कम्पनीले जानकारी दिएको छ ।

स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा ५० रुपैयाँ बोनस स्वरूप प्राप्त गर्न सकिनेछ । विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL