Logo

रिचार्जको सस्तो अफर,१७५ मै एन ९५ मास्क

रिचार्जको सस्तो अफर,१७५ मै एन ९५ मास्क



काठमाडौं । मोबाइल एप रिचार्जरले १७५ रुपैंयामा ९५ मास्क उपलब्ध गराउन भएको छ । कम्पनीले निशुल्क होम डेलिभरीसहित १७५ रुपैंयामा ९५ मास्क उपलब्ध गराउन लागेको हो ।

रिचार्जरले सामाजिक उत्तरदायित्व अन्तरगत अलिबाबा, अमेजनलगायतका प्लेटर्ममा भन्दा पनि सस्तो मूल्यमा मास्क उपलब्ध गराउन लागिएको हो । जेठ ८ गते बिहिबार मध्यान्ह १ बजेदेखि २४ घण्टाको अवधिमा रिचार्जरबाट मास्क, थर्मल गन, पञ्जालगायतका सामानहरु सस्तोमा अर्डर गर्न सकिने छ । यसरी अर्डर भएका सामान १२ देखि ७२ घण्टा भित्रमा प्रयोगकर्ताको घरमा पुर्याइने छ ।

मानव अधिकार परिषद नेपालका अध्यक्ष तुलसी थापाका साथै रिचार्जरका प्रतिनिधिले बजार अवलोकन गरेका थिए । सो पश्चात रिचार्जरले कोरोना संक्रमण न्युनिकरणका लागि आवश्यक पर्ने मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, पर्शनल प्रोटेक्सन किट्सलगायतका सामान नाफा नोक्सान नहेरी सस्तो मूल्यमा आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउन लागेको हो ।

ग्लोबल की टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले आफ्नो जन्मोत्सवको अवसरमा यस्तो योजना ल्याएको बताए । एपमा मास्कको मूल्य २ सय रुपैंया रहने भए पनि २५ क्यास प्वाइन्ट रिडिम गरी १७५ रुपैंयामा मास्क खरिद गर्न सकिने उनले बताए । गूगल प्ले तथा एप स्टोरबाट रिचार्जर डाउनलोड गरेर खाता सञ्चालन गरे पछि १०० क्यास प्वान्ट उपलब्ध हुने छ । सोही क्यास प्वाइन्टको सहायताले नयाँ प्रयोगकर्ताले १७५ रुपैंयामा मास्क खरिद गर्न सक्ने छ ।

ग्लाइडरले भने, ‘यो मास्कको बजार मूल्य ५५० रुपैयाँसम्म रहेको छ, हामीले नाफा नोक्सान नहेरी हाम्रा प्रयोगकर्ताको सहजताका लागि सस्तोमा मास्क उपलब्ध गराएका हौं ।’ टाढैबाट शरीरको तापकक्रम मापन गर्नका लागि प्रयोग हुने थर्मल गन अन्यत्रभन्दा सस्तोमा ३ हजार ८०० रुपैंयामा उपलब्ध हुनेछ । बाहिरी बजारमा यो थर्मल गन ५ हजार रुपैंयाभन्दा माथिको मूल्यमा बिक्री बितरण भैरहेको छ ।

मोबाइल, ल्यापटप, क्यामेरालगायतका विद्युतीय उपकरण बिक्री बितरणमा इ हबका रुपमा परिचित रिचार्जर एपबाट सामान किन्दा विभिन्न वालेट सेवाप्रदायक, बैंक वित्तीय संस्थाका इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्डका साथै सामान डेलिभरीका बेला पनि रकम भुक्तानी गर्न सकिनेछ ।

नेपाली एप हामी नेपाली हरुकै लागी भन्ने नाराको साथ सेवा दिँदै आएको रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाइन्छ भने अन्य सेवामा २० प्रतिशत क्यास प्वाइन्ट पाइन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई सामान किन्दा छुटको रुपमा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL