Logo

एनबीआईले ल्यायो कोरोनामा कार्यस्थल सुरक्षा सम्बन्धी पुस्तक, यसरी गर्न सकिन्छ व्यवसायिक पूर्व तयारी र सुरक्षा

एनबीआईले ल्यायो कोरोनामा कार्यस्थल सुरक्षा सम्बन्धी पुस्तक, यसरी गर्न सकिन्छ व्यवसायिक पूर्व तयारी र सुरक्षा



काठमाडौं । राष्ट्रिय व्यावसायिक पहलले श्रमिक कामदारहरुको कार्यस्थलमा अवलम्बन गर्नुपर्ने सुरक्षा र सुरक्षित उपायहरु सम्बन्धमा कोभिड १९ का लागि आधारभूत व्यवसायिक पूर्वतयारी एवं सञ्चालन नामक पुस्तक प्रकाशित गरेको छ । आज एक कार्यक्रमका बीच मन्त्री द्वय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर यादवले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

laxmi

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मा लेखराज भट्टले उक्त पुस्तकले आर्थिक गतिविधि सुधार गर्न श्रमिक कामदारलाई सुरक्षित माध्यमबाट काममा फर्किने वातावरण तयार गर्न सहयोग पुग्ने बताउँदै यसबाट अर्थतन्त्र कमश स्थायित्व तर्फ अघि बढ्ने विश्वास व्यक्त गदै आवश्यक सहकार्यका लागि मन्त्रालय सदैव तयार रहेको बताए । साथै यस चुनौतीलाई अवसरको रुपमा पनि प्रयोग गर्नु पर्ने उनको धारणा थियो ।

विदेशबाट फकिएर आएकाहरूलाई पनि कृषि पेशामा आकषण गर्न सकिने बताउँदै यस अवस्थामा सुरक्षा नै ठूलो चुनौती भएको हुनाले त्यसलाई अत्यन्त ध्यान दिनुपर्ने बताए । साथै अन्तर मन्त्रालयहरूको समन्वय गरी कसरी सुरक्षा अपनाउन सकिन्छ र उद्योग व्यवसाय कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सरकारको ध्यान आकर्षण भएको जानकारी दिँदै यस अवस्थामा उद्योगहरू सञ्चालन गर्दा मजदुरहरूलाई केही भवितव्य परेमा नेपाल सरकारले त्यसको जिम्मा लिने बताए ।

यसैगरी अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर यादवले श्रमिक कामदारलाई जोखिम न्यूनीकरण गरी उद्योग व्यवसाय सञ्चालनमा ल्याउन सके यसले उत्पादन तथा रोजगारी सूचारु भई आम जनजीवन सामान्य अवस्थामातर्फ अघि बढ्ने बताए । यस कठिन परिस्तिधिमा उद्योग सञ्चालन गर्न यो पुस्तकले ठूलो योगदान पुयाउने मन्त्री यादवको भनाई थियो । साथै मन्त्री यादवले बन्दाबन्दीले दैनिक ज्याला दारी मजदूर गरी खाने श्रमिक हरूलाई अत्यन्त ठूला असर परेको बताए ।

पुस्तकालय सुझाएका विषयवस्तुलाई सरोकारवाला पक्षले ईमान्दारिताका साथ अवलम्बन गर्न सके राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने एनबीआईका अध्यक्ष कुश कुमार जोशीले बताए । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको कारण मुलुकको सम्पूर्ण क्षेत्र अस्तव्यस्त भइरहेको र अझ निजी क्षेत्रका सम्पूर्ण गतिविधि अवरुद्ध हुँदा आर्थिक सामाजिक विकासको गति ठप्प भएको अवस्थामा विभिन्न निकायहरुको नियम पालना गरी काम कसरी चलाउने मजदुरहरूको स्वास्थमा कसरी ध्यान दिने भन्ने कुरा उक्त पुस्तकमा समावेश गरिएको छ ।

यसैगरी अन्तरराष्ट्रिय श्रम संगठनका नेपालका निर्देशक रिचार्ड होवाडले पहल संगको सहकार्यमा अत्यन्त उपयोगी पुस्तक तयार भएकोमा खुशी व्यक्त गर्दै विश्वव्यापी संकटको अवस्थामा उत्पादन तथा रोजगारी अभिवृद्धिमा सहयोगी हुने बताए ।

सो कार्यक्रममा एनबीआईका संस्थापक सदस्य एवं सभासदद्धय एल पि. साँवा लिम्बु तथा उमेश श्रेष्ठ, उपाध्यक्ष सुकुन्तलाल हिराचन, महासचिव सुरेन्द्र वीर कलाकार, कोषाध्यक्ष दीपक मल्होत्रा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL