Logo

अर्थको निर्देशनपछि सेबोनको विज्ञप्ती, सेयर बजार ५ दिनलाई बन्द

अर्थको निर्देशनपछि सेबोनको विज्ञप्ती, सेयर बजार ५ दिनलाई बन्द



काठमाडौं । सेयर कारोबार ५ दिनका लागि बन्द हुने भएको छ । सरकारले विश्वभर फैलिदै गएको कोरोना भाइरस नेपाल भित्रन नदिनका लागि उच्च सर्तकर्ता अपनाएसँगै सेयर कारोबार पनि बन्द गर्ने निर्णय गरेको हो ।

आज अर्थमन्त्रालयमा नेपाल धितोपत्र बोर्ड, नेप्से र अर्थमन्त्रालका पदाधिकारी सहितको छलफलले ५ कार्यदिनका लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले यस अघि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो । तर, आईतबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) खुलेपछि ब्रोकर तथा लगानीकर्ताहरु त्यसको विरुद्धमा उत्रिएका थिए । उनीहरुले तत्काल नेप्सेले सेयर कारोबार बन्द गर्नुपर्ने बताएका थिए ।

कोरोना भाईरसको जोखिमको त्रासले गर्दा लगानीकर्ता तथा सदस्यदलालको धितोपत्र कारोबारमा सहभागिता घटदो क्रममा रहेको पाइएकोले कोरोना भाईरसको जोखिमलाई न्यूनीकरण गरी लगानीकर्ता, सदस्यदलाल, कर्मचारी आदिको स्वास्थ्यलाई उच्चप्राथमिकता दिई दोस्रो बजारमा हुने नयाँ कारोबार केही ५ कार्यदिनका लागि कारोबार बन्द गरिएको सेबोनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

लगानीकर्ताहरुको हकहित प्रवद्र्धनका लागि धितोपत्र बजारमा भैसकेका कारोबारको नियमानुसार राफसाफ तथा फछ्र्यौट गर्ने÷गराउने गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० को उपदफा १ को खण्ड(घ) बमोजिम बोर्डको विशेषाधिकार अनुरुप बढीमा ५ कार्यदिन सेयर खरिदबिक्री बन्द गर्न किनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL