Logo

लगातार घट्दै सुनको मूल्य, मंगलबार ७५ हजार ५ सयमा कारोबार

लगातार घट्दै सुनको मूल्य, मंगलबार ७५ हजार ५ सयमा कारोबार



काठमाडौं । पछिल्लो समय लगातार सुनको मूल्यमा गिरावट आईरहेको छ । सोही अनुसार मंगलबार मात्रै सुनको मूल्यमा २ हजार रुपैयाँको गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार फागुन २७ गतेदेखि ओरालो लागिरहेको सुनको मूल्य मंगलबारसम्म आईपुग्दा प्रतितोला ७५ हजार ५ सय रुपैयाँ पुगेको छ ।

सोमबार प्रतितोला ७७ हजार ५ सयमा कारोबार भईरहेको सुनको मूल्य एकैदिन २ हजार रुपैयाँले घट्दा प्रतितोला ७५ हजार ५ सय रुपैयाा पुगेको हो । लगातार बढेर प्रतितोला ८२ हजार ७ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य पछिल्लो समय घट्दो क्रममा छ ।

महासंघका अनुसार मंगलबार चाँदीको मूल्यमा पनि ८० रुपैयाँको गिरावट आएको छ । सोमबार प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्यमा मंगलबार गिरावट आउँदा प्रतितोला ७ सय १० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL